शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • जगन्नाथ
  • बाजुराकाे जगन्नाथमा माटोको ढिस्कोले पुरिदा एकको मृत्यु

बाजुराकाे जगन्नाथमा माटोको ढिस्कोले पुरिदा एकको मृत्यु

  • बिहिबार, फाल्गुन १७, २०८०
बाजुराकाे जगन्नाथमा माटोको ढिस्कोले पुरिदा एकको मृत्यु

बाजुरा– जिल्लाको पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा बुधबार माटोको ढिस्कोले पुरिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोट जिल्ला पलाता गाउँपालिका–२ का १८ वर्षीया विरेन्द्र सार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जगन्नाथ गाउँपालिका काप्रीका आफ्नै भिनाजुको घरको जग खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिदा सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिं भण्डारीले बताएका छन् ।
स्थानीय दिर्घ सार्कीको घर निर्माणका लागि जग खनि रहेको अवस्थामा एक्कासी माथिबाट माटोको ढिस्कोले पुरिएर सार्कीको मृत्यु भएको हो । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार