काठमाडौं— नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ। उनीहरूले विवादित मन्त्रीहरूको बारेमा संसदमा प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै आपत्ती जनाएका थिए।
फागुन ६ गतेदेखि विषय उठाउँदै आएको भएपनि सरकारले जवाफ नदिएको भन्दै उनीहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी समेत गरे। विपक्षीका माग सम्बोधनमा सरकार गम्भीर नभएको बताउँदै विवादित मन्त्रीहरूका विषयमा जवाफ नआएसम्म बैठक चल्न नदिने चेतावनी समेत दिए।
सभामुख देवराज घिमिरेले कार्यसूची अगाडि बढाउनमा सहयोग गर्न आग्रह गर्दा पनि विपक्षी दलका सांसदहरूले अवरोध कायमै राखेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ।