• होमपेज
  • समाचार
  • विपक्षी सांसदबाट संसद अवरुद्ध

विपक्षी सांसदबाट संसद अवरुद्ध

  • शुक्रबार, फाल्गुन ११, २०८०
विपक्षी सांसदबाट संसद अवरुद्ध

काठमाडौं — प्रमुख विपक्षी नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ ।

एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग गर्दै आएको छ । शुक्रबारको बैठकको सुरुमै एमाले सांसद योगेश भट्टराईले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए ।

तर सत्तारुढ नेपाली कांग्रेसका सांसद राजन केसीले बिहीबारको बैठकमा गणपुरक संख्या पुग्छ भनेर विपक्षी सांसदहरु बैठक छोडेर गएको आरोप लगाएपछि एमाले थप आक्रोसित भएको छ । केसीले भनेका थिए, हिजो राजनीतक दलसम्बन्धी विधेयक पेश गर्ने बेलामा प्रतिपक्षको अनौठो नाटक मञ्चन देखियो । ठ्याक्क गणपुरक पुग्छ कि भनेर १०÷१५ जना सांसद बाहिर जानुभयो ।’

त्यससँगै संसदमा वादप्रतिवाद सुरु भयो । उनले यति भन्नसाथ एमाले सांसदहरुले उठेर विरोध गरे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपाका सांसदहरुले पनि साथ दिए ।

चर्चामा

सम्बन्धित समाचार