शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ६
  • कर्णाली उत्सवको पाँचौ संस्करण बुलबुमा सुरू

कर्णाली उत्सवको पाँचौ संस्करण बुलबुमा सुरू

  • शनिबार, फाल्गुन ५, २०८०
कर्णाली उत्सवको पाँचौ संस्करण बुलबुमा सुरू

वीरेन्द्रनगर —‘कर्णाली उत्सव’ कुडा कर्नालीकाको पाँचौँ संस्करण वीरेन्द्रनगर बुलबुले उद्यानमा सुरू भएको छ । शनिबारदेखि सुरू भएको उत्सव तीन दिनसम्म चल्ने छ।

उत्सवको उद्घाटन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले गरेका छन्। उत्सवमा प्रकोप र पूननिमार्ण, समाज, साहित्य र विकास, लोकतन्त्र र सुशासनका विषयमा छलफल हुनेछ।

उत्सवमा कर्णालीको रुपान्तरणको लागि गन्थन, मन्थन र चिन्तन हुने आयोजक ऋति फाउण्डनेशनले जनाएको छ।

उत्सवका कार्यकारी निर्देशक दिनेश गौतमले २०७६ सालदेखि सुरु भएको कर्णाली उत्सवको यात्रा अनवरत चलिरहेको बताए ।

‘पाँचौं संस्करणमा आइपुग्दा आइपुग्दा थप परिष्कृत र परिमार्जित हुँदै गएको छ । कर्णालीले आफनो कुरा आफै भन्न थालेको छ । कर्णालीमा बसेरै पनि राष्ट्रिय मुद्धाहरुमा बहस गर्न सकिन्छ भन्ने सन्देश दिएको छ’ उनले भने ।

निर्देशक गौतमले विचारहरुको पनि उत्सव हुन्छ भन्ने कुराको मानक स्थापित गर्न सफल भएको बताए। ‘५ वर्षको अन्तरालमा ७० भन्दा वढी सत्रमार्फत २५० भन्दा वढी वक्ताले यही मञ्चबाट कर्णालीलाई सुन्ने सुनाउने बुझ्ने बुझाउने चेष्टा गर्नुभएको छ’ उनले भने।

आयोजक सहरका तर्फबाट वीरेन्द्रनगरमा बहसको बहार विषयमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले विचारको बहसले कर्णालीमा नया“ डिस्कोर्स सुरु भएको बताइन्।

‘कुराबाट विचार उत्पन्न हुन्छ । विचार र बहसले विकासको थालनी हुन्छ’ उनले भनिन्, ‘त्यसका लागि कर्णाली उत्सव जस्ता बहस गर्ने थलोका आवश्यक छ ।’

सामााजिक न्यायको क्षेत्रमा समेत कर्णाली पछि परेकोले त्यसका लागि पनि बहस आवश्यक रहेको उनले बताइन् ।

उनले कर्णालीको विकास, राजनीति, सामाजिक न्यायका कुरामा समेत बहस हुन आवश्यछ रहेको बताइन्। ‘कर्णालीमा दुखका मात्र नभइ संमृद्धि र सम्भावनाका कुरा हुन् आवश्यक छ। हामीले हाम्रा कुरा भन्न आवयक छ। त्यसका लागि यस्ता बहसको महत्व छ। हामीले हाम्रो विरासतका विषयमा बोल्न आवश्यक छ। यो बिचारको वहस राष्ट्रिय र अन्तिराष्ट्रिय स्तरमा स्तरमा सुनिन आवश्यक छ,’ उनले भनिन्।

पहिलो दिन उत्सवमा ५ वटा सत्र हुनेछन्। पहिलो सत्रमा इपिसेन्टरको बारेमा छलफल हुनेछ।

यसमा चैत्र १७ गते जाजरकोटमा गएको भूकम्पलाई केन्द्रविन्दु बनाएर छलफल हुनेछ। दोस्रो सत्रमा पैकेलो रहेको छ। यसमा जीवन प्रशिक्षक नरबहादुर कार्की वत्ता रहेका छन्। यस्तै शनिबारकै अर्को सत्र संकट र सेवा रहेको छ भने चौथौं सत्रमा जोखिम र जुइन्या जुक्तिमा छलफल हुनेछ। पहिलो दिनको अन्तिम सत्रमा कर्णाली कन्सर्टः सांगीतिक साँझको आयोजना गरिएको छ ।

यो उत्सवमा १३ वटा सत्रका ६३ जना वक्ता रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार