बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गाैमुलमा एक घरमा आगलागी २ लाख बराबरकाे क्षेती

गाैमुलमा एक घरमा आगलागी २ लाख बराबरकाे क्षेती

  • बिहिबार, फाल्गुन ३, २०८०
गाैमुलमा एक घरमा आगलागी २ लाख बराबरकाे क्षेती

बाजुरा–    गौमुल गा.पा.१ माडी वस्ने महेन्द्र रोकायाको घरमा आगलागि भएकाे छ ।  ढुङ्गा माटोले बनेको २ तले ४ कोठे कच्ची घरमा खाना पकाउन बालेको ग्याँस लिक भई  आगलागि भएकाे प्रहरीले जनाएकाे छ ।

अचानक आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा, जस्तापाता र काठ लगायतका सामानहरु गरि  दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

घरको माथिल्लो तलाबाट खाना खाएर तल्लो तलामा सुत्न आएको बेला एकाएक आगलागी भएको बताईएको छ । आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायत जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट कुनै मानवीय क्षति तथा पशु चौपायमा भने स्थानीयले तत्काल उद्दार गरेपछि क्षति हुनबाट बचेको छ ।

चर्चामा

सम्बन्धित समाचार