मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाचार
  • दश मृतकमध्ये तीन जनाको सनाखत (घाईतेहरुको विवरणसहित)

दश मृतकमध्ये तीन जनाको सनाखत (घाईतेहरुको विवरणसहित)

  • बिहिबार, फाल्गुन ३, २०८०
दश मृतकमध्ये तीन जनाको सनाखत (घाईतेहरुको विवरणसहित)

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजना मध्ये तीनजनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन।

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सुदूरपश्चिम प्रदेश ०२–००१ ख ००९८ नम्बरको सडकबाट दुई सय मिटर तल खसेको थियो। कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए।

घाईतेहरुः–
बुटवल रुपन्देही रिफर भएका घाईतेहरुः–
१. ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोक बहादुर कार्कीको टाउको र शरीरको विभिन्न भागमा चोट अवस्था सिरिया संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचार पश्चात थप उपचारको लागि चौराहा अस्पताल वुटवल रिफर गरेको।
२. बस चालक कन्चनपुर भीमदत्त नगरपालिका–४ वस्ने वर्ष ४० को पुर्णबहादुर चन्द वायाँ खुट्टामा चोट अवस्था मध्यम संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचार पश्चात थप उपचारको लागि चौराहा अस्पताल वुटवल रिफर गरेका ।
३. कञ्चनपुरको वेलडाडी नगरपालिका– १ वस्ने वर्ष २४ को महेश सुनार दाहिने खुट्टामा चोट अवस्था मध्यम संजिवनिमा उपचार पश्चात चौराहा अस्पताल वुटवल रिफर गरेको।
४. बाँके राप्ति सुनारि–२ वस्ने वर्ष २३ को शुशिल कुँवर दाहिने खुट्टामा चोट चौराहा अस्पताल वुटवल रिफर गरेको।
५. गुल्मि मालिका–७ बस्ने वर्ष २९ को अर्जुन कार्की निधारमा चोट अवस्था सामान्य चौराहा अस्पताल वुटवल रिफर गरेको।
६. कन्चनपुर भीमदत्त नगरपालिका–१८ वस्ने वर्ष २८ को सन्तोष चौधरी अनुहार र छातिमा चोट अवस्था मध्यम चौराहा अस्पताल वुटवल रिफर गरेको।
७. सहचालक कन्चनपुर महेन्द्रनगर वस्ने वर्ष ३५ को केशव हमाल टाउकोमा चोट अवस्था सामान्य, चौराहा अस्पताल वुटवल रिफर गरेको।
८. बैतडी मलौली नगरपालिका–१ बस्ने बर्ष २२ को राजेश दयाल टाउँकोमा चोट अवस्था मध्यम, चौराहा अस्पताल वुटवल रिफर गरेको।
९. कन्चनपुर महेन्द्रनगर– १ वस्ने वर्ष १८ को नितेश सुनार दुवै हातमा चोट अवस्था मध्यम, चौराहा अस्पताल वुटवल रिफर गरेको।

चन्द्रौटा कपिलवस्तुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेका घाईतेहरुः–
१०. गोरखा शहिद लखन गाउँपालिका–७ वस्ने वर्ष ३० को मनोज बि.क. वाहिरि चोट नदेखिएको अवस्था समान्य संजिवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको।
११. दार्चुला शैलेशिखर नगरपालिका–३ दार्चुला वस्ने वर्ष २४ को नबिन भट्ट ढाडमा चोट अवस्था सामान्य, अस्पतालमा उपचार भइरहेको।
१२. कन्चनपुर भीमदत्त नगरपालिका १४ वस्ने वर्ष ३३ की गिता कुवँर कम्मरमा चोट अवस्था सामान्य अस्पतालमा उपचार भईभहेको।
१३. निजको छोरा वर्ष १२ को नबिन कुँवर निधारमा चोट अवस्था सामान्य, अस्पतालमा उपचार भईरहेको।
१४. ओखलढुङ्गा झारपुर गा.पा. वडा नं नखुलेको वर्ष १९ को बिसन भुजेल निधारमा चोट अवस्था समान्य, अस्पतालमा उपचार भई रहेका ।
१५. कञ्चनपुर शुक्लाफाटा–११ वस्ने वर्ष ३१ को मोहन सिङ लोहार निधारमा चोट सामान्य, अस्पतालमा उपचार भई रहेको ।
१६. काठमाडाै माहानगरपालिका–३ वस्ने वर्ष ४१ को अनिल तन्डुकार निधार छाति वायाँ हातमा चोट अवस्था मध्यम आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिल वस्तुमा उपचार भईरहेका।
१७. कञ्चनपुर भीमदत्त नगरपालिका–१६ वस्ने वर्ष ५४ की नारायणी थापा अस्पतालमा उपचार भई रहेको।
१८. कञ्चनपुर भीमदत्त नगरपालिका–१८ वस्ने वर्ष २८ को दिपेन्द्र बोहोरा दहिने हात र निधारमा चोट अवस्था मध्यम ।
१९. कैलाली लम्किचुहा नगरपालिका–१ वस्ने वर्ष २७ की रेखा आचार्य दाहिने खूट्टा र अनुहारमा चोट अवस्था मध्यम
२०. कञ्चनपुर भीमदत्त नगरपालिका–१८ वस्ने वर्ष ४१ की शान्ति सिङ अनुहारमा चोट अवस्था मध्यम।
२१. वर्ष ३२ को गणेश काफ्ले दाहिने खुट्टामा चोट अवस्था मध्यम
२२. निजको श्रीमती वर्ष २७ कि रेखा आचार्य शरिरको भित्री भागमा चोट अवस्था सामान्य।
२३. निजको छोरी वर्ष ३ कि श्रीष्टि काफ्ले टाउँकोमा चोट अवस्था सामान्य।
२४ देश भारत उत्तर प्रदेश मुद्राबास वस्ने वर्ष ३५ को मोहमद रिजन वायाँ खुट्टमा चोट अवस्था मध्यम आधारभुतमा उपचार भैरहेको।
२५. देश भारत उत्तर प्रदेश मुद्राबास वस्ने वर्ष ५४ को अनिस मनियार शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम।
२६. धादिङ सिप्ले गाउँपालिका–२ वस्ने वर्ष २५ को कृष्ण नेपाली अनुहार र छातिमा चोट अवस्था मध्यम
२७. कञ्चनपुर भीमदत्त नगरपालिका–१९ बस्ने वर्ष २० को सुमन बिष्ट अनुहार र ढाडमा चोट अवस्था सिरियस
२८. कञ्चनपुर भीमदत्त नगरपालिका–१ वस्ने वर्ष २० को मनोज सिह धामी निधारमा चोट अवस्था सामान्य।
२९. कञ्चनपुर भीमदत्त नगरपालिका–१ वस्ने वर्ष २० को अशोक सिह सामान्य।
३० कञ्चनपुर भीमदत्त नगरपालिका–४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पाल बाहिरि चोट नदेखिएको अवस्था सामान्य।

No description available.

चर्चामा

सम्बन्धित समाचार