मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाचार
  • बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत पक्राउ

बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत पक्राउ

  • बुधबार, फाल्गुन २, २०८०
बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत पक्राउ

काठमाडौं— काठमाडौं जिल्ला अदालतका कार्यरत अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । ललितपुर प्रहरीले माघ २८ गते गोपाल गजमेरलाई पक्राउ गरेको हो ।

गजमेरविरुद्ध बलात्कारको जाहेरी पक्राउ परेकै दिन प्रहरीले उनलाई पक्राउ गरेको थियो । पाटन उच्च अदालतमा कार्यरत रहँदा सँगै काम गरेकी कर्मचारीले गजमेरविरुद्ध बलात्कारको आरोप लगाएकी हुन् ।

स्रोतका अनुसार जाहेरवालाले २०७७ देखि गजमेरसँग चिनजान रहेको र अन्तिम पटक गत साउनमा आफू बलात्कारमा परेको उल्लेख गरेकी छिन्।

ललितपुर प्रहरी प्रमुख शेखर खनालले गजमेर पक्राउ परेको पुष्टि गर्दै अनुसन्धान भइरहेको जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार