• होमपेज
  • राजनीति
  • सहकारीको समस्यालाई राजनीतिकरण नगर्न सरकारलाई रास्वपाको सुझाव

सहकारीको समस्यालाई राजनीतिकरण नगर्न सरकारलाई रास्वपाको सुझाव

  • मङ्लबार, फाल्गुन १, २०८०
सहकारीको समस्यालाई राजनीतिकरण नगर्न सरकारलाई रास्वपाको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टीले दीर्घकालिन,मध्ययम र तत्कालिन सहकारी र लघुवित्तका समस्या समाधान गर्न सकिने उपायसहित प्रधानमन्त्री पुष्पकमल दाहाललाई अध्ययन प्रतिवेदन बुझाएको छ।

मंगलवार सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्याबारे अध्ययन गर्न रास्वपाले उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको नेतृत्वमा बनाएको समितिले प्रधानमन्त्री दाहाललाई अध्ययन प्रतिवेदन बुझाएको हो।

प्रतिवेदन बुझाएपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीका समस्या समाधानको लागि दीर्घकालिन,मध्ययम र तत्कालिन उपाय सहितको प्रतिवेदन बुझाएको बताए। उनले रास्वपाले दिएका सुझावलाई सरकारले कायान्वयन गर्न सक्नुपर्ने बताए। पछिल्लो समय देखिएको सहकारी समस्यालाई राजनीतिकरण गर्ने भन्दा पनि पार्टीले जिम्मेवारी ठानेर सरकारलाई सुझाव दिएको बताए। उनले तत्काल सहकारी र लघुवित्तका समस्या समाधानको लागि गर्नुपर्ने नीतिगत निर्णयको समेत सुझाव दिएको बताए।

उनले भने,‘सहकारी र लघुवित्तका समस्यालाई मध्येनजर राख्दै डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समस्या समाधान प्रतिवेदन बनाएर सरकारलाई बुझाउने गरी जनकपुर बैठकबाट काम शुरु गरेका थियौं। अहिले हामीले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएका छौं। सहकारी र लघुवित्तका समस्या समाधानका नीतिगत उपाय र योजना प्रधानमन्त्रीज्युलाई हस्तान्तरण गरेका छौं। बुँदागत रुपमा अहिलेको सहकारी र लघुवित्तका समस्यालाई कसरी समाधान गर्न सकिन्छ। भविष्यमा यस्ता समस्या नआउनको लागि के गर्न सकिन्छ। नीतिगत रुपमा कस्ता निर्णयहरुको आवश्यकता पर्छ। कानूनी रुपमा कहाँ अडचनहरु छन्। हामीले नियम कानून बनाउने कुराहरुमा कस्ता कानूनहरु सच्याउनुपर्छ। कसको कारण समस्या आयो लगायतका विषयमा अध्ययन गरेर प्रतिवेदन सरकारलाई बुझाएका छौं।’

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले प्रधानन्त्रीलाई बुझाएको प्रतिवेदनमा सहकारी र लघुवित्तमा आएका समस्यालाई जडको विषयलाई केलाएको बताए। उनले प्रतिवेदनमा सरकारलाई ८ वटा सहकारी समस्या समाधान गर्न बनेका कार्यदलले दिएका सुझाव कार्यान्वयन गर्न स्मरण गराएको बताए। उनले कार्यदलले गरेका सिफारिसहरु समेत अध्ययन गर्दा राज्यको अकर्मण्यता र सहकारी क्षेत्रको चरम राजनीतिक कारणले गर्दा अहिलेको समस्या आएको बताए।

अर्थतन्त्रका आन्तरिक र वाह्य कारण, घरजग्गामा कित्ताकाट रोकिएपछि सहकारीमा धक्का र सहकारीमा सुशासन भन्दा पनि कुसाशसन र त्यसलाई दिएको राजनीतिक संरक्षण र सहकारी ऐन २०७४ का कारण सहकारीमा आजको समस्या आएको दाबी गरिएको उनको भनाइ छ। उनले सहकारी नियमन गर्ने संस्था नै नहुनु पनि मुख्य समस्या भएको बताए।

चर्चामा

सम्बन्धित समाचार