शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • क्रिकेट
  • क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

  • सोमवार, माघ २९, २०८०
क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं— नेपालविरुद्ध क्यानडाले २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार नेपालविरुद्ध जारी एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा क्यानडाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २३२ रन बनाएको हो।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाका लागि नभनीत धालीवालले सर्वाधिक ५० रन बनाए। त्यसैगरी निखिल दुत्तले ४५ रन र हर्ष ठाकरले २९ रन, श्रेयास मोभाले २५ बनाए। साद बिन जफरले ३१ रन बनाएर अविजित रहे। अन्यले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका लागि ओडिआईमा डेब्यु गरेका हेमन्त धामीले ३ विकेट, कुशल मल्लले २ विकेट, ललितनारायण राजवंशी र आकाश चन्दले १/१ विकेट लिए।

नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ। क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपाललाई ‘क्लिन स्विप’ गर्ने मौका रहेको छ। नेपालले सिरिजको पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटले जित हात पारेको थियो।

चर्चामा

सम्बन्धित समाचार