शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले जिल्ला कमिटी अध्यक्षमा भरत थापा

नेकपा एमाले जिल्ला कमिटी अध्यक्षमा भरत थापा

  • आइतवार, माघ २८, २०८०
नेकपा एमाले जिल्ला कमिटी अध्यक्षमा भरत थापा

बाजुरा —नेकपा एमाले जिल्ला कमिटी बाजुराको अध्यक्षमा भरत बहादुर थापा चयन भएका छन् । जिल्ला कमिटी अध्यक्ष काली बहादुर शाही र उपाध्यक्ष भरत बुढा प्रदेशमा निर्वाचित भएपछि जिल्ला कमिटी बैठकले अध्यक्ष पदमा भरत बहादुर थापालाई सर्वसम्मत निर्णय गरेको हो ।

उपाध्यक्षमा उपसचिव जनक कुमार बोहारा, सचिवमा कार्यालय सचिव काशी बहादुर विकलाई समेत सर्वसम्मतबाट जिल्ला कमिटीले निर्णय गरेको छ । २८ गते बिहान बसेको जिल्ला कमिटीको पुर्ण बैठकले थापालाई अध्यक्ष, बोहोरालाई उपाध्यक्ष र सचिवमा विकलाई निर्णय गरेको छ ।

नेकपा एमाले जिल्ला कमिटी बाजुराले माघ २६ बाट बाजुराको कोल्टीमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा स्वयम भरत बहादुर थापाले हस्ताक्षर गरेका थिए । तर पछि उनै थापाले केन्द्रिय कमिटीमा विधान विपरीत भएको भन्दै उजुरी गरेका थिए ।

उजुरी पछि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले माघ १२ गते पत्रचार गर्दै केन्द्रिय संगठन विभागको निर्देशन कार्यान्वयन गर्न पत्रचार गरेको हो । पत्रमा जिम्मेवारी हस्तान्तरण गर्न निर्देशन दिएको थियो । माघ २७ गते जिल्ला कमिटीको बैठक बोलाए पनि उच्च स्तरका नेताको सहमतिमा ढिलाइ भएपछि २८ गते जिल्ला कमिटीको बैठक बसेर निर्णय गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार