मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कञ्चनपुरकी पत्रकार कुँवर पनि प्रहरीको नियन्त्रणमा

कञ्चनपुरकी पत्रकार कुँवर पनि प्रहरीको नियन्त्रणमा

  • शनिबार, माघ २७, २०८०
कञ्चनपुरकी पत्रकार कुँवर पनि प्रहरीको नियन्त्रणमा

धनगढी— कञ्चनपुर प्रहरीले पत्रकार ऐश्वर्य कुँवरलाई पनि नियन्त्रणमा लिएको छ। शनिवार बिहान पत्रकार पुस्कर भट्टलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले दिउँसो कुँवरलाई समेत नियन्त्रणमा लिएको हो।

पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव धामीका अनुसार शनिवार दिउँसो कुँवरलाई समेत प्रहरीले पक्राउ गरेको हो। उनी विरुद्धमा पनि विद्युतीय कारोबार सम्बन्धी मुद्‍दामा जिल्ला अदालत, कञ्चनपुरबाट पक्राउका लागि अनुमति ल्याइएको थियो।

शनिवार बिहान जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट उनलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, कञ्चनपुर प्रहरीले मुद्‍दा दर्ता गर्ने व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ का ४२ वर्षीय भट्ट गायत्री टुर एण्ड ट्रभल्सको बजार व्यवस्थापनको काम गर्दै आएका थिए। उनीहरुले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीका विरुद्धमा समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाएका थिए।

चर्चामा

सम्बन्धित समाचार