मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • तराईका केही स्थानमा हुस्सु , उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

तराईका केही स्थानमा हुस्सु , उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • शनिबार, माघ २७, २०८०
तराईका केही स्थानमा हुस्सु , उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

बाजुरा– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार देशका हाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज बिहान सूर्योदय ६ बजेर ४५ मिनेट र सूर्यास्त साँझ ५ बजेर ५१ मिनेटमा हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार