शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बजार
  • साताको सेयर समीक्षा : हाइड्रोपावरमा उच्च वृद्धि, ९ कम्पनी १५ प्रतिशतभन्दा धेरै बढे

साताको सेयर समीक्षा : हाइड्रोपावरमा उच्च वृद्धि, ९ कम्पनी १५ प्रतिशतभन्दा धेरै बढे

  • शुक्रबार, माघ २६, २०८०
साताको सेयर समीक्षा : हाइड्रोपावरमा उच्च वृद्धि, ९ कम्पनी १५ प्रतिशतभन्दा धेरै बढे

अघिल्ला दुई सातासम्म झरेको सेयर बजार यो साता सम्हालिएको छ । गत साता ०.८९ र अघिल्लो साता ३.२ प्रतिशतले बजार घटेको थियो, तर यो साता भने १.४ प्रतिशत बढ्यो । ३

गत साता २०६७ अंकमा बन्द भएको सेयर बजार यो साता २०९६ अंकमा बन्द भएको हो । यो साता पाँच दिन खुलेको बजार पहिलो दिन आइतबार ५.३१ अंक घट्यो भने बाँकी चार दिन बढ्यो । सोमबार १४.५७, मंगलबार ९.४४, बुधबार ४.९ र बिहीबार ५.७४ अंक बढ्यो ।

पछिल्ला दिनमा बजार घटबढ न्यून अंकमा हुन थालेको छ । जसले गर्दा कारोबार रकम पनि न्यून छ । आइतबार ३ अर्ब २१ करोड, सोमबार २ अर्ब ४३ करोड, मंगलबार २ अर्ब ५९ करोड, बुधबार २ अर्ब ८४ करोड तथा बिहीबार ३ अर्ब १२ करोडको धितोपत्र कारोबार भयो ।

समूहगत उतारचढाव :

यो साता सबै समूह बढेका छन् । हाइड्रोपावर र विकास बैंक समूह उल्लेख्य बढेका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३.२८ तथा विकास बैंक समूह ३.१७ प्रतिशत बढे ।

गत साता समग्र बजार घट्दा हाइड्रोपावर समूह ०.०३ प्रतिशत बढेको थियो भने विकास बैंक समूह १.६६ प्रतिशत घटेको थियो । गत साता अन्य समूह सबैभन्दा धेरै ३.८ प्रतिशत बढेको थियो भने होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.९ प्रतिशत घटेको थियो ।

यतिबेला माइक्रोफाइनान्स, हाइड्रोपावर तथा बीमा कम्पनीले धमाधम दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । बैंकहरूले पहिलो साता नै दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका थिए ।

बैंकहरूको वित्तीय विवरण कमजोर देखिँदा हाइड्रोपावर कम्पनीहरूको भने सन्तोषजनक देखिएको छ । बाढीले आयोजना नै बगाएका केही कम्पनी बाहेकको वित्तीय स्थिति नराम्रो छैन । यसले गर्दा पनि लगानीकर्ता यस समूहमा आकर्षित देखिएका हुन् ।

सबैभन्दा धेरै मूल्य बढेका कम्पनी :

यो साता १५ प्रतिशतभन्दा धेरै मूल्य बढेका कम्पनीमा २ लघुवित्त, १ विकास बैंक र ६ हाइड्रोपावर छन् । समाज लघुवित्तको मूल्य सबैभन्दा धेरै ५८.३८ प्रतिशत बढ्यो । आईपीओ जारीपछि सूचीकृत भएको यस कम्पनीको न्यूनतम मूल्यमा कारोबार खुलेकाले केही साता नै धेरै मूल्य बढ्ने कम्पनीमा रह्यो । यद्यपि, कम्पनी दोस्रो त्रैमासिक अवधिमा १६ लाख ७० हजार रुपैयाँ नोक्सानीमा छ ।

सबैभन्दा धेरै मूल्य घटेका कम्पनी

यो साता मूल्य घटेका कम्पनीहरूको गिरावट दर न्यून रह्यो । मन्दाकिनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ६.३९ प्रतिशत घट्यो । विशाल बजार कम्पनीको ५.५८, नेपाल वेयरहाउजिङ कम्पनी ५.२४, रावा इनर्जी ४.२६ तथा चन्द्रागिरि हिल्सको २.८५ प्रतिशत मूल्य घट्यो ।

चर्चामा

सम्बन्धित समाचार