आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सरकारलाई रेमिटेन्स भए पुग्छ

सरकारलाई रेमिटेन्स भए पुग्छ

  • शुक्रबार, माघ २६, २०८०
सरकारलाई रेमिटेन्स भए पुग्छ

देशका युवाहरू लाई राहादानी चाहिन्छ,
लेखकलाई राम्रा नराम्रा कहानी चाहिन्छ।

सरकारलाई रेमिटेन्स भए पुग्छ देशभित्र,
मन्त्रीलाई आसियाना राजधानी चाहिन्छ।

खेतिगर्न छाडे किसान कृषिप्रधान देशमा,
खेतिका लागि मल विउ र पानी चाहिन्छ।

कल कारखाना कसले बनाउँने यो देशमा,
त्यसको लागि यहाँ ठुलो लगानी चाहिन्छ।

अचेल छोरा विदेश र आमा बाले घर धान्ने,
बुहारीलाई भने सहरमा मनोमानि चाहिन्छ।

नर्क तुल्य गरायो देशभित्र छाडा संस्कारले,
साखै हुँन जुवा रक्सि नराम्रो बानि चाहिन्छ।

चर्चामा

सम्बन्धित समाचार