आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • पार्टीभित्र गुटबन्दी गर्नु अपराध हो, पार्टी नीति र विधानले चल्छः नेता थापा

पार्टीभित्र गुटबन्दी गर्नु अपराध हो, पार्टी नीति र विधानले चल्छः नेता थापा

  • बिहिबार, माघ २५, २०८०
पार्टीभित्र गुटबन्दी गर्नु अपराध हो, पार्टी नीति र विधानले चल्छः नेता थापा

बाजुरा—नेकपा एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापाले पार्टीभित्र गुटबन्दी गर्नु अपराध हुने बताएका छन् । पार्टी नीति, नियम, विचार र विधानले चल्ने भएकाले कसैले पनि पार्टी भित्र गुटबन्दी गर्न नपाइने नेता थापाले बताए ।

बिहिवार नेकपा एमाले बडिमालिका नगर कमिटिले आयोजना गरेको नेता तथा कार्यकर्ता परिक्षण कार्यक्रममा बाल्दै थापाले भने म बाजुरामा चार पटकसम्म चुनाव लड्दा पनि आफूले कहिल्यै पनि गुटबन्दी नगरेको प्रष्ट पारेका हुन् । कमिटिका नेताहरु नीति नियम बनाउने र कार्यान्वयन गर्ने तहमा भएपनि आफैंले नबुझेर काम कर्तव्य र अधिकार प्रयोग नसक्ने नेताहरुले नेतृत्व गर्न सक्दैनन् थापाले थपे । पार्टीले बेला बेलामा नेतृत्व क्षमता गर्न प्रशिक्षण गर्ने गरेकोले यसलाई निरन्तरता दिनुपर्ने नेता थापाले बताए ।

पार्टीको अधिवेशन तथा क्रियाकलापका बारेमा शुदुरपश्चिमका अन्य जिल्लाका नेताहरुले आफूलाई सधैं सोध्ने गरेका भएपनि बाजुरामा भने नसोध्ने गरेको नेता थापाले बताए । पार्टीको प्रमुख नेतालाई कमजोर बनाउने नियतले चल्छ भने त्यस्ता व्यक्ति पार्टीको शत्रु हुने थापाले बताए । राजनितिमा कुनै ठेक्का पट्टा हु्दैन, विचार, दृष्टिकोण, लक्ष्य, उदेश्य, नीति र विधान अनुसार विवेकपूर्ण कार्यकर्ता बनाउनमा लाग्नुपर्ने उनले बताए ।

जिल्लामा नै आफूलाई इन्कार गर्न एक तत्व सक्रियताका साथ लागिरहेको नेता थापाले आरोप लगाए । एमाले स्थायी कमिटि सदस्य थापाले अब हुने जिल्ला अधिवेशनको मिति तोकेर सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । सुदूरपश्चिमका सबै जिल्लामा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न आफू पनि तयारी गरिहेको र सबैसंग कुरा भइरहेको नेता थापाले कार्यक्रममा बताए ।

बडिमालिका नगर कमिटिलाई प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टी सधैं विधि विधान नीतिको घेराभित्र रहेर चल्नु र चलाउनु पर्नेमा जिल्ला कमिटि सचिव भरत थापाले जोड दिए । पार्टीमा विधान विपरित भइरहेका क्रियाकलापका विरुद्ध जिल्ला कमिटि सदस्यहरुले पनि आवाज उठाउनु पर्ने सचिव थापाले बताए । सचिव थापाले भने केन्द्रमा मूल नेता केपी ओली र जिल्लामा मुख्य नेता कर्ण थापा नै भएकाले पार्टीमा कुनै गटु उपगुट बनाउन आवश्यक नहुने बताए ।

कार्यक्रममा संविधान सभा सदस्य बसुन्धरा रोकायाले नेकपा एमाले बाजुरामा कुनै गुटउपगुट नभएको वताईन् । पार्टी विधान अनुसार चलेको नचलेको भन्नेमा जिल्ला कमिटि सदस्यहरुले बुझ्नुपर्ने बताइन् । कार्यक्रममा पार्टीको अवस्था तथा विवाद बारेमा नेता तथा कार्यकर्ताले सुझाव राखेका थिए ।

कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरुले जिल्ला अधिवेशन नजिकिएसंगै पार्टीभित्र गुट उपगुट देखिएको भन्दै नेताको आलोचना समेत गरेका थिए । नेकपा एमाले बडिमालिका नगर कमिटि उप सचिव कालु रावलको अध्यक्षतामा सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा प्रमुख अथिति नेकपा एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापा रहेका थिए । कार्यक्रममा संविधान सभा सदस्य बसुन्धरा रोकाया, एमाले जिल्ला कमिटि सचिव भरत थापा, जिल्ला कमिटि सदस्य लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन एमाले बडिमालिका नगर कमिटि सचिव राजेश पायलले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार