आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जुन नेता छाने पनि विदेशीको दाश

जुन नेता छाने पनि विदेशीको दाश

  • बुधबार, माघ २४, २०८०
जुन नेता छाने पनि विदेशीको दाश

निदाउँछन् गिट्टी कुट्दाकुट्दै निद्रा नै खास हुन्छ,
भोजन भन्दा पनि गरिबको भोकमै मिठास हुन्छ।

जाडो त सबैलाई आउँदो होला बिना भेदभावको,
कसै कसैको चिसो बगरमा पनि गास बास हुन्छ।

ए सरकार भन् कहिले सम्म उपहासको श्रत बनौँ,
कहिले काम पाउँछौँ र कहिले यहाँ विकास हुन्छ।

खान र लगाउँनमै युवा देश विहिन भएको देख्दा,
सहनसिलता टुट्छ यो मन पनि सधै हतास हुन्छ।

हो गणतन्त्र ल्याउँदा सहिदको खेति भएको थियो,
अहिले जुन नेता छाने पनि विदेशीको दाश हुन्छ।

जसले जहाज नै देखेन जीवनमा हिँजो आज यहाँ,
बाकसमा उडेर आएको उनैको छोराकै लास हुन्छ।

चर्चामा

सम्बन्धित समाचार