आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • क्रिकेट
  • टस हारेको नेपालले भारतविरुद्ध पहिला बलिङ गर्ने

टस हारेको नेपालले भारतविरुद्ध पहिला बलिङ गर्ने

  • शुक्रबार, माघ १९, २०८०
टस हारेको नेपालले भारतविरुद्ध पहिला बलिङ गर्ने

काठमाडौं – दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्समा भारतविरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ । टस जितेर भारतले पहिला ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो ।

नेपाल आजको खेलमा बिना दबाब भारतसँग प्रतिस्पर्धामा उत्रनेछ । किनभने नेपाललाई आजको हारले कुनै क्षती हुने छैन् । भारतविरुद्ध उत्कृष्ट प्रदर्शनले टिमको मनोबल बढ्नेछ ।

समूह चरणको एक खेल जित्दै सुपर सिक्समा पुगेपनि नेपालको फाइनल सम्भावना सकिएको छ ।

भारत र पाकिस्तानको फाइनल सम्भावना बलियो हुँदा नेपाल सुपर सिक्सको एक खेल पनि नखेल्दै फाइनल सम्भावनाबाट बाहिरिएको थियो ।

जारी प्रतियोगितामा नेपाल न्युजिल्यान्ड, पाकिस्तन, अफगानिस्तान र बंगलादेशसँग खेलिसकेको छ । जहाँ नेपालले एक खेलमा मात्र जित निकालेको हो ।

चर्चामा

सम्बन्धित समाचार