शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • खेलकुद
  • जावलाखेललाई हराउँदै थ्री स्टार आहारारा गोल्डकपको फाइनलमा

जावलाखेललाई हराउँदै थ्री स्टार आहारारा गोल्डकपको फाइनलमा

  • बुधबार, माघ १७, २०८०
जावलाखेललाई हराउँदै थ्री स्टार आहारारा गोल्डकपको फाइनलमा

पोखरा — जावलाखेल युथ क्लबलाई १-० ले हराउँदै थ्री स्टार क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

थ्री स्टारलाई जिताउन दाेस्राे हाफमा मैदान प्रवेश गरेका दीपेश घलेले ७८ औं मिनेटमा गोल गरे । घलेले टिममेट दीपेश आलेकाे असिस्टमा गाेल गरेका हुन् ।

थ्री स्टारले अब उपाधिका लागि त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ ।

चर्चामा

सम्बन्धित समाचार