बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हाम्रो देशमा शान्ती होइन परायजसो आन्दोलन् हुन्छ

हाम्रो देशमा शान्ती होइन परायजसो आन्दोलन् हुन्छ

  • सोमवार, माघ १५, २०८०
हाम्रो देशमा शान्ती होइन परायजसो आन्दोलन् हुन्छ

हाम्रो देशमा शान्ती होइन परायजसो आन्दोलन् हुन्छ,
कहिले सडकमा कहिले सदनमा ज्वाला दन-दन् हुन्छ।

भनिन्छ कृषि प्रधान देश सुकेकै छ बगर पानी बिनाको,
अनाधिकृत फडानी हुन्छ बनमा र उस्तै उत्खनन् हुन्छ।

युवा विहिन भयो देश उत्पादन शुन्य छ छैन कारखाना,
विदेशी पहिरन, चुलामा पनि उस्तै विदेशी भोजन हुन्छ।

सहीदको रगतमा पौडिएर बनाए सरकार अवसरबादले,
सधै देशभित्र भ्रष्टाचार छ महंगी नागरिकमा दमन हुन्छ।

मण्डि बन्यो देश ऋणमा डुब्यो चुर्लुम्मै विदेशीको मेला,
कु-संस्कारले छिया-छिया छ समाजमा प्रमुख धन हुन्छ।

नऔषधी उपचार छ परनिर्भर छ पुरै देश गुलाम जस्तो,
छैन दुरदर्शियता कुन्नि किन हगनको वेलामा लगन हुन्छ।

चर्चामा

सम्बन्धित समाचार