मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले बाजुराको अधिबेशन माघ २६ नहुने निश्चित, कार्यवाहक दिन संगठन बिभागकाे पत्रचार

एमाले बाजुराको अधिबेशन माघ २६ नहुने निश्चित, कार्यवाहक दिन संगठन बिभागकाे पत्रचार

  • शुक्रबार, माघ १२, २०८०
एमाले बाजुराको अधिबेशन माघ २६ नहुने निश्चित, कार्यवाहक दिन संगठन बिभागकाे पत्रचार

बाजुरा– नेकपा एमाले बाजुराको माघ २६ बाट बाजुराको कोल्टिमा हुने भनिएको जिल्ला अधिबेशन नहुने निश्चित भएको छ । नेकपा एमाले शुदुरपश्चिम प्रदेश कमिटिले माघ १२ गते पत्रचार गर्दै केन्द्रिय संगठन बिभागको निर्देशन कार्यान्वयन गर्न पत्रचार गरेको हो ।
पत्रमा शुदुरपश्चिम प्रदेश अधिबेशनबाट बाजुरा जिल्ला अध्यक्ष र उपाअध्यक्ष दुबै जना प्रदेश कमिटीको नेतृत्वमा निर्वाचित भएकाले बिधान बमोजिम जिम्मेवारी हस्तान्तरण गर्न तथा बैकल्पिक ब्यबस्था गर्नमा पत्रमा उल्लेख गरेको छ । पत्रमा जिल्ला कमिटिीको बैठक राख्न लगाएर जिम्मेवारी हस्तान्तरण गर्न भनेको छ ।
नेकपा एमाले जिल्ला कमिटि बाजुराले प्रदेश उपाअध्यक्ष तथा जिल्ला अध्यक्ष कालि बहादुर शाहीको अध्यक्षमा एमाले बाजुराको जिल्ला अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । नेकपा एमाले बाजुरा पार्टि सचिब भरत बहादुर थापाले नेकपा एमाले केन्द्रिय कमिटिको संगठन बिभागमा बिधान विपरित भएको भन्दै उजुरी दिएका थिए । उक्त निर्णयमा स्वयम भरत बहादुर थापा समेत सहभागि भएर अधिबेशन गर्ने सहमतिमा हस्ताक्षर गरेका थिए ।
नेकपा एमाले प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशी, प्रदेश सचिब रण बहादुर चन्द, केन्द्रिय सदस्य लाल बहादुर थापा, केन्द्रिय सदस्य तथा बाजुरा इन्चार्ज भैरब बहादुर सिंह समेतको सहभागितामा एमाले जिल्ला कमिटि बाजुराको बैठक सम्पन्न गरेर अधिबेशन गर्ने निर्णय गरेको थियो । प्रदेश अध्यक्ष सहितको सहभागितामा उजुरीकर्ता स्वयम सचिब भरत बहादुर थापा समेत सहमतिमा गरिएको निर्णयमा थापाले आफै संगठन बिभागमा उजुरी हालेका थिए ।
सचिब भरत बहादुर थापाले बडीमालिका खबर सँग भने प्रदेश उपाअध्यक्षमा निर्वाचित भइसकेका कालि बहादुर शाहीको अध्यक्षतामा जिल्ला कमिटिको कुनै पनि गतिबिधि गर्न नपाउने भन्दै उजुरी दिएको वताए । मैले मात्र कहाँ उजुरी दिएको छु, प्रदेश कमिटिले समेत बाजुराको निर्णयका बारेमा केन्द्रमा लिखित जवाफ मागेको थापाले थपे । नेकपा एमालेको बिधानको धारा ६७ को उपधारा ४ मा कुनै पनि कमिटिको पदाधिकारी वा सदस्यले माथिल्लो तहमा उम्मेदवार दिएमा पनि स्वतह खालि हुने ब्यस्था रहेको छ ।
बाजुरा जिल्ला कमिटि अध्यक्ष कालि बहादुर शाही र उपाअध्यक्ष भरत बुढा प्रदेश सदस्यमा निर्वाचित भइसकेको अबस्थामा कालि बहादुर शाहीको अध्यक्षतामा बैठक सञ्चालन तथा अधिबेशन गर्ने निर्णय बिधान विपरीत भएको थापाले वताएका छन् । अध्यक्ष माथिल्लो तहमा गए उपाअध्यक्षले कार्यवाहक पाउने बिधानमा उल्लेखित छ, अध्यक्ष र उपाअध्यक्ष दुबै माथिल्लो तहमा गएको खण्डमा बैठकले कार्यवाहक तोक्ने रहेको छ ।
थापाले भने आफुले कार्यवाहक पाउने भन्दा पनि बिधान तह हुनुपर्ने आफ्नो तर्क रहेको वताए । जिल्ला कमिटिको बैठकमा तपाइको सहमत हुने केन्द्रमा किन उजुरी गरेको भन्ने प्रश्नमा थापाले भने यसमा सबै पक्ष फसेको वताए । जिल्ला अधिबेशनको बैठकमा आफु अल्पमतमा परे बहुमत भएकाले बिधान विपरीत गरेको यसमा मेरो मात्र नभइ सबैको कमजोरी रहेको वताए ।
नेकपा एमाले शुदुरपश्चिम प्रदेश कमिटी उपाअध्यक्ष तथा एमाले जिल्ला कमिटी अध्यक्ष कालि बहादुर शाहीले तोकिएको मितिमा जिल्ला अधिबेशन नहुने वताएका छन् । जिल्ला कमिटीको बैठकले कसैलाइ जिम्मेवारी दिएर अधिबेशन गर्ने शाहीले वताए । शाहीले भने तोकिएको मितिमा हुने भएको भए मेरै अध्यक्षतामा हुने थियो, अब तोकिएको मितिमा नहुने भएपछि नैतिकताले पनि जिम्मेवारी हस्तान्तरण गर्ने वताए ।
नेकपा एमाले जिल्ला कमिटिमा स्थायी कमिटि सदस्य कर्ण बहादुर थापा र नेकपा एमाले केन्द्रिय सदस्य तथा अछाम इन्चार्ज लाल बहादुर थापा बिच गुटगत लडाइले असर परेको कार्यकर्ताले वताएका छन् । जिल्ला अधिबेशनमा दुइ थापा मिलेर एकजनालाइ अध्यक्षमा सारेमा उनका बिकल्पमा अर्को कसैले उम्मेदवारी दिन सक्ने आट कमै देखिन्छ । गत अधिबेशनमा दुबै थापाले कालि बहादुर शाहीलाइ अध्यक्ष बनाउन तयार भएपछि अध्यक्षको उम्मेदवारी दिएका लाल बहादुर ओलीको उम्मेदवारीलाइ बेवास्ता गरेर जिल्ला कमिटि घोषणा गरेका थिए ।
तर दुइ थापा बिचमा सहमत नभए भने जिल्ला अधिबशेनमा चुनाव हुने देखिन्छ । अहिलेको परिबेश हेर्दा दुइ थापाले फरक फरक उम्मेदवार अघि सारेर चुनावमा जाने देखीन्छन् । एमाले बाजुरामा कसको बाहुल्यता बनाउने तथा आफु अनुकुल जिल्ला कमिटि बनाउने भन्नेमा सतह रुपमा उनका कार्यकर्ता पनि सक्रिय रुपमा लागेका देखिन्छ । जिल्लामा दुइ थापा बिच आफु, आफु बलियो भनेर दाबि गरिरहेका बेला यो जिल्ला अधिबेशनमा कसको बाहुल्यता कति भनेर एक अर्कालाइ देखाउन चाहान्छन् ।

चर्चामा

सम्बन्धित समाचार