शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा १० करोड १० लाख ८० हजारकाे औद्योगिक कर्जा प्रवाह

बाजुरामा १० करोड १० लाख ८० हजारकाे औद्योगिक कर्जा प्रवाह

  • शुक्रबार, माघ १२, २०८०
बाजुरामा १० करोड १० लाख ८० हजारकाे औद्योगिक कर्जा प्रवाह

बाजुरा– सुदूरपश्चिम प्रदेशमा औद्योगिक शिर्षकमा बैंक तथा वित्तीय संस्थाहरुले झण्डै २७ अर्ब कर्जा प्रवाह गरेका छन्। जसमा बाजुरामा १० करोड १० लाख ८० हजार औद्योगिक कर्जा प्रवाह भएको तथ्याकंमा उल्लेख गरिएको छ । बाजुरामा १० करोड १० लाख ८० हजार औद्योगिक शिर्षकमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रभाव गरेको देखिएको छ ।
२०८० असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०७९ असार मसान्तको तुलनामा र शून्य दशमलव ३८ प्रतिशत रहेको छ।
सदुरपश्चिम भरी ४ दशमलव ७० प्रतिशतले बढेर २६ अर्ब ८९ करोड २ लाख पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा ४ दशमलव २१ प्रतिशतले घटेको थियो। कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १७ दशमलव ७२ प्रतिशत रहेको छ।
सबैभन्दा बढी कैलालीमा २१ अर्ब १० करोड १९ लाख ७० हजार लगानीमा रहिरहेको औद्योगिक कर्जा प्रवाह भएको देखिएको छ । कञ्चनपुरमा चार अर्ब ४५ करोड ४२ लाख ५० हजार देखिएको छ। अछाममा १८ करोड ५८ लाख ५० हजार, डोटीमा २७ करोड ९३ लाख ६० हजार, डडेल्धुरामा ४३ करोड १२ लाख ९० हजार र बैतडीमा १३ करोड ९१ लाख ८० हजार सो अवधिसम्म औद्योगिक कर्जा प्रभाव भएको राष्ट्र बैंकको तथ्यांक छ । त्यस्तै दार्चुलामा ११ करोड २६ लाख ३० हजार, बझाङमा सबैभन्दा कम ८ करोड ४६ लाख ८० हजार प्रदेशका नौवटै जिल्लामा गरी २६ अर्ब ८९ करोड दुई लाख ९० हजार औद्योगिक कर्जा प्रवाह भएको छ।
समीक्षा वर्षमा सुदूरपश्चिम प्रदेशमा प्रवाह भएको कुल औद्योगिक कर्जामध्ये कैलाली जिल्लाको अंश सबैभन्दा बढी ७८ दशमलव ४८ प्रतिशत रहेको छ भने बझाङ जिल्लाको अंश सबैभन्दा कम शून्य दशमलव ३१ प्रतिशत रहेको छ।यसैगरी, कञ्चनपुर, डडेल्धुरा, डोटी, दार्चुला, अछाम, बैतडी तथा बाजुराको अंश क्रमशः १६ दशमलव ५६, १ दशमलव ६०, १ दशमलव शून्य ४, शून्य दशमलव ४२, शून्य दशमलव ६९, शून्य दशमलव ५२ र शून्य दशमलव ३८ प्रतिशत रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार