बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराको बुढिगंगा नगरपालिका ७ मा असुरक्षा भन्दै कर्मचारी जान मान्दैनन

बाजुराको बुढिगंगा नगरपालिका ७ मा असुरक्षा भन्दै कर्मचारी जान मान्दैनन

  • बुधबार, माघ १०, २०८०
बाजुराको बुढिगंगा नगरपालिका ७ मा असुरक्षा भन्दै कर्मचारी जान मान्दैनन

बाजुरा– बुढिगंगा नगरपालिका ७ वडा नम्वर कार्यालयमा २ बर्ष देखी कर्मचारी विहीन छ । वडामा खटाईएका कर्मचारी असुरक्षा भएको भन्दै जान नमाने पछि वडा कार्यालय कर्मचारी विहीन भएको बुढिगंगा नगरपालिकाका प्रमुख प्रशासकीए अधिकृत्त नरेन्द्र नाथले बताए ।
उनले भने नगरपालिकामा एक त स्थायी कर्मचारी कम छन् कर्मचारी कम भएका कारण एक जनालाई ३ वडासम्मको जिम्मा दिएर पनि काम गराउनु परेको नाथले बताए । वडा नम्वर ७ को विषयमा २०७९ सालको स्थानिय निर्बाचन पछि नया जनप्रतिनिधि आएको आर्थिक बर्ष २०७९÷०८० को सुरुमा विवेक शाहलाई वडा नम्वर ७ र ९ को वडा सचिवको जिम्मेवारी तोकेर पठाएका थियौ ।
वडा नम्वर ७ को कार्यालयमा काम गर्ने वातावरण नभएको भन्दै काम गर्न नसक्ने शाहले भनेका थिए । सामान्य स्टेशनरी फोटोकपी पेपर सकिएको हुन्छ वडा अध्यक्षको अनुमति बिना ल्याउन र विल भुक्तानी गर्न पाईदैन योजनाको कामको सिफारिस गर्दा पनि नभएको कामलाई भएको भनेर सिफारिस दिन दवाव आउछ । त्यसरी दवावमा काम गर्न नसकिएको खटाईएका कर्मचारीहरुले गुनासो गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत्त नरेन्द्र नाथले बताए ।
बिवेश शाह पछि पन्जिकरण सम्बन्धि काम गर्न स्थानिय पनि भएका कारण भुवनराज जैशीलाई खटाएको भएपनि त्यो वडामा त्यस्तो दवाफमा काम गर्न नसक्ने भन्दै अन्य ठाउ जुन सुकै वडामा काम गर्न जाने तर ७ नम्वरका नजाने बताएका थिए । त्यस पछि चन्दप्रसाद जैशीलाई खटाएको उनले पनि केही समय काम गरे पनि पछि काम गर्न नसक्ने बरु जागिरबाट राजिनामा दिन्छु काम गर्न नसक्ने भन्दै निवेदन ल्याए पछि वडा कर्मचारी विहिन भएको बताए ।
वडा कार्यालयमा कर्मचारी छैन । माघ १५ गते भित्र योजनाको सम्झौता गरिसक्नु पर्ने परिपत्र नगरपालिकाले गरेको छ । माघ महिनाको दोश्रो साता सुरु भई सक्यो वडाका योजनाहरुको सम्झौता पनि भएको छैन । वडाले योजनकाको समझौताको लागि सिफारिस नदिने ।
वडाले सिफारिस दियो भने नगरपालिकाबाटै भएपनि सम्झौता गरेर काम अगाडी बढाउने सकिन्थ्यो बुढिगंगा नगरपालिकाका प्रबक्ता हेमराज जैशीले बताए । पहिलो कुरा कर्मचारी अभाव हो । दोश्रो कुरा जिम्मेवारी दिएका कर्मचारीले काम गर्ने बातावरण नभएको भन्दै नजानु भएको जैशीले बताए । अव नगर प्रमुख कामको शिलशिलामा जिल्ला बाहिर गएका छन् । नगर प्रमुख आउने बित्तिकै यो बिषयमा छलफल गरेर कर्मचारी खटाउने सल्लाह भएको उनले बताए ।
यता बुढिगंगा नगरपालिकाका वडा अध्यक्ष भुवनसिंह केहीले आफुले कर्मचारीलाई कुनै दवाफ नदिएको बताएका छन् । आफुलाई वडामा कर्मचारीलाई बस्न नदिने र धम्की दिने गलत प्रचार गर्दै कर्मचारी नै पालिकाले नपाठाएको वडा अध्यक्ष केशीको आरोप छ ।
बुढिगंगा नगरपालिकाका १० वडा वडा मध्य तीन ओटा वडामा नेपाली काँग्रेसले जितेका छन भने नगर प्रमुख उपप्रमुख सहित ७ वडा वडा नेकपा एमालेले जितेको छ । नेपाली काँग्रेसले जितेका वडा मध्ये ७ नम्वर नेपाली काँग्रेसले जितेको वडा हो ।
गएको आर्थिक बर्ष २०७९÷०८० मा भम्क सिमलकोट हुदै सारदा माबि सम्म जोड्ने सडकको कामको विषयमा नगरपालिकाकामा विवाद भएको थियो । कर्मचारी र वडा अध्यक्ष भुवनसिंह केशीका छोरा दिलीप केशीको झगडा हुदा जिल्ला प्रशासन देखी जिल्ला अदालतसम्म उजुरी दर्ता भई मुद्धा छानविन भईरहको छ ।
दुई बर्षसम्म वडा सचिव नहुँदा सेवा लिन सास्ती हुन थालेपछि वडाका स्थानीय र राजनितिक दलहरुले वडा कार्यालयमा ०८० माघ ८ गते तालाबन्दि गरेका छन् । वडा सचिव नहुँदा वडाका नागरिकले कहिले ८ नम्वर वडा कहिले ६ नम्वर वडा कहिले ५ नम्वर वडा गएर जन्म, मृत्यु, बसाइसराई लगायतका पञ्जिकरणका सम्बन्धि सेवा लिनु पर्दा स्थानियलाई सास्ति भएको भन्दै तालाबन्दि गरिएको बुढिगंगा नगरपालिका ७ का वडा अध्यक्ष भुवनसिंह केहीले बताए ।
केशीले भने वडामा सचिव प्राबिधिक र अन्य कर्मचारी नहुदा नागरिकलाई सेवा प्रवाहमा समस्या भएको विषयमा सोमबार वडामा सर्वपक्षिय भेलाको आयोजना गरिएको थियो भेलामा उपस्थित राजनिति दलका प्रमुख प्रतिनिधि र वडाका नागरिकले एक बिज्ञप्ती जारी गर्दै तालाबन्दि गरिएको बताए ।
सोमबार नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी र नेकपा समाजवादीका वडाका अध्यक्षहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै मंगलबार ताला लगाएको जानकारी सहित वडामा ताला लगाएको नेपाली काँग्रेस वडा कार्य समिति सभापति बीरबहादुर केसीले बताएका छन् ।
नेपाली काग्रेसका वडा सभापति विर बहादुर के.सी, नेकपा एमालेका नगर कमिटी सदस्य प्रेम बहादुर बिष्ट, नेकपा माओबादी केन्द्रका वडा कमिटी अध्यक्ष भक्त विष्ट र नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य दिपक बहादुर केसीको सयूक्त हस्ताक्षरित सार्वजनिक सुचना टाँस गर्दै तालबन्दी गरिएको वडा अध्यक्ष केशीले बताए ।
दुई वर्षदेखि वडामा पञ्जिकरणमा काम गर्ने वडा सचिव नहुँदा अर्काे वडामा काम गराएर सहयोग लिदै आएको र सो काम पनि उक्त वडाबाट सेवा नदिएपछि स्थानीय तहको वडा सरकारले जनतालाई सास्ती दिदै आएको आरोप लागेको छ ।

चर्चामा

सम्बन्धित समाचार