• होमपेज
  • समाज
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

  • आइतवार, माघ ७, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एक व्यक्ति करिब आधा किलो सुनसहित पक्राउ परेका छन् । झापाका खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिए ।

अहिले भन्सारमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । यसलाई सशस्त्र प्रहरी परिचालन पछिको सफलता ठानिएको छ ।

चर्चामा

सम्बन्धित समाचार