शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मानिस हौँ हाम्रो पनि मनमा थुप्रै रहर हुन्छ

मानिस हौँ हाम्रो पनि मनमा थुप्रै रहर हुन्छ

  • शनिबार, माघ ६, २०८०
मानिस हौँ  हाम्रो पनि मनमा थुप्रै रहर हुन्छ

मानिस हौँ हाम्रो पनि मनमा थुप्रै रहर हुन्छ,
जानि अन्जानी कुनै गलती नहौस् डर हुन्छ।

तिमीले त सधै भरी मेल मिलापकै गर्छौ कुरा,
तर व्यबहारमा तिम्रो मयाँ सुकेको बगर हुन्छ।

आफ्नै लागि मात्रै त बाँच्छन् जिव जन्तु पनि,
मानव हौँ र त अर्कैको लागि बाँच्ने कर हुन्छ।

भन्छन् उसले ढुङ्गामा समेत देख्यो भविश्य,
कलाकारहरू लाई आफ्नै कलामा भर हुन्छ।

पराणीहौँ जिन्दगी सबैलाई प्यारो हुन्छ साथि,
देश र जनताको लागि काम गरौँ कदर हुन्छ।

भन्छन् कागज पनि बिदेश बाट आउँछ सधै,
जुन देशमा धेरै मात्रामा खरकट्टिमा खर हुन्छ।

चर्चामा

सम्बन्धित समाचार