आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराकी छाया १० महिनामा लोकसेवाको ६ लिखित परीक्षामा सफल, कोशीमा सिफारिस

बाजुराकी छाया १० महिनामा लोकसेवाको ६ लिखित परीक्षामा सफल, कोशीमा सिफारिस

चार वटा परीक्षाको मौखिक परीक्षाको परीक्षाफल आउन बाँकी

  • बिहिबार, माघ ४, २०८०
बाजुराकी छाया १० महिनामा लोकसेवाको ६ लिखित परीक्षामा सफल, कोशीमा सिफारिस

बाजुरा — जीवनमा एकै पटक यति धेरै सफलता र खुसी भेटिएला भन्ने कल्पना समेत थिएन्, छाया जैशीलाई । तर कठोर संघर्ष र दुख गर्दाको परिणामले नसोचेको खुसी र सफलता पनि मिल्ने रहेछ । त्यस्तै भयो छाया जैशीको जीवनमा पनि । उनले १० महिनाको अवधीमा ६ वटा लोकसेवा आयोगका लिखित परीक्षा पास गरिन् ।

यसरी एकपछि अर्को सफलता मिल्ने कुरा उनले सोचेकी पनि थिइनन् । पढाइ राम्रै थियो । मेहनत त्यो भन्दा बढी नै गर्थीन् । तर जहाँ परीक्षा दियो, त्यहीँ पास हुन्छु भन्ने लागेकै थिएन्, स्वयम जैशीले बताउँछिन् । संघर्षको फल मिलेकोमा भने उनी सन्तुष्ट छन् ।

२०८० को बैशाख देखि माघसम्म ६ वटा लिखित परीक्षामा सफल भइन् । ती मध्ये कोशी प्रदेशमा मौखिम परीक्षा समेत सफल भएर सरकारी जागिर खान थालिसकिन् । हाल कोशी प्रदेश उदयपुर जिल्ला ताप्ली गाउँपालिकामा कार्यरत छन् ।

बाँकी ४ वटाको मौखिक परीक्षाफल आउन बाँकी नै छ । तर उत्र्तिण हुनेमा छाया ढुक्क छन् । रातदिन नभनि तयारी गरे, आँखाको पानी सुकाए, निद्रा, भोक र प्यास हराएर किताब मात्रै धोके त्यसको प्रतिफल राम्रै आयो खुसीसाथ छायाले भनिन् । दिएका सबै ठाउँमा पास नै हुन्छु भन्ने चाहिँ लागेकै थिएन्, मेहनत गर्दा सफलता मिल्ने रहेन्, रिजल्ट आएपछि थाह पाउँ, उनले थपिन् ।

अति विपन्न परिवार । ज्याला मजदुरी र खेती किसानी बाहेक अर्को विकल्प थिएन्, छायाको परिवारलाई हातमुख जोड्न । बुबा आमाले साँझ विहान खेतबारीमा काम गथ्र्ये । दिनमा बुबा महानन्द्र जैशीले ज्यालामजदुरी गरेर कमाइले सन्तानको पढाइ खर्च र लत्ताकपडाकाृ जोहो गर्नु पर्ने बाध्यता थियो ।

छाया जुन विद्यालयमा पढिन् । त्यही विद्यालयको शुल्क तिर्नका लागि पनि बुबा महानन्द्र जैशीले भवन निर्माणको काम गरे वापतको रकमबाट तिरेको वास्तविकता परिवारसँग छ । बुढीगंगा नगरपालिका ६ माल्ताकी छाया, कक्षा १ देखि १२ सम्म भानुदय माविमै पढेकी हुन् ।

२०७२ सालमा विद्यालयमा कृषि प्राविधिक कक्षा सुरु भयो । छायाका बुबाले जिद्दीले कृषि प्राविधिक शिक्षा नै पढ्न लगाए । विद्यालयको थोरै शुल्क तिर्न पनि परिवारसँग आर्थिक थिएन्, भानुदय माविकै भवन निर्माणको काम गरेर तिर्नु परेको दुख छायाले सुनाउने गरेकी छन् ।

परिवारले विपन्नताको संकट मात्रै भोग्नु परेन्, ७ जना दिदीभाइको ठूलो भारी समेत आमाबुबाकै काँधमा थियो । छाया ७ दिदी भाइ मध्ये चौथो सन्तान हुन् । गाउँ नजिकैको विद्यालय बाहेक बाहिर लगानी लगाएर पढाउन सक्ने आर्थिक हैसियत नै थिएन्, जैशीको परिवारसँग ।

तर सानै देखिको सरकारी जागिर खाने सपना भने छायाले पुरा गरेकी छन् । त्यो पनि इतिहासिक रेकर्ड नै कायम गरेर । एकै वर्ष ५ पटक लोकसेवा परीक्षा सफल भएकी भनेर गुल्मीकी मनिषा जिसीको नाम चर्चामा आइरहँदा छायाले ६ परीक्षा पास गरेकी छन् । लोकसेवा पास गर्न शहर नै जानु पर्छ, भन्ने मान्यतालाई नै छायाले चुनौति दिएकी छन् ।

भेटेनरी चौथो तहमा कोशी प्रदेश सिफारिस भएकी छायाले लोकसेवा आयोजको पहिलो परीक्षा कर्णाली प्रदेशबाट सफलता प्राप्त गरिन् । गएको बैशाख ११ गते कर्णाली प्रदेशमा लिखितमा नाम निकालेपनि मौखिमपछि नाम वैकल्पीकमा मात्रै निस्कीयो । लगत्तै कोशी प्रदेशमा मंसिर ३० गते रिजल्ट आएर सिफारिस भइन् ।

त्यसपछि पनि पौष २५ गत लुम्बीली प्रदेशमा भेटेनरी चौथो तह, पौष ९ गते संघिय लोकसेवा आयोग पाँचौ तह, पौष ३ गते बाग्मती पाँचौ तह र असोज १४ गते सुदूरपश्मिच प्रदेश चौथो तहमा लिखितमा नाम निकालेकी छन् । चार परीक्षाको मौखिक परीक्षाफल प्रकाशित हुन बाँकी छ । छाया सबैमा सफलता मिल्नेमा ढुक्छ ।

भानुदय मावि बाजुराकै नमुना र पुरानो विद्यालय हो । कृषि प्राविधिक शिक्षालय तर्फका पनि भानुदयमै अध्ययन गरेका दर्जन बढीले लोकसेवामा नाम निकालिसकेका छन् । छायाको सफलताले सिंगो विद्यालय परिवार खुसी भएको प्राचार्य मनवीर खातीले बताए ।

छायाको सफलतामा परिवारले मात्रै खुसी मनाएको छैन्, विद्यालय, समुदाय पनि खुसी र गर्वले गदगद बनेको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानीयाँले बताएका छन् । विपन्न परिवारबाटै आफूले आर्जन गरेको शिक्षाबाट प्राप्त सफलता हालसम्मकै गर्व गर्न लायक भएकोमा आफन्त सहीत सरोकारला पनि खुसी छन् ।

सफलता संघर्षले प्राप्त हुन्छ । गाउँमै बसेर पनि सफल हुन सकिन्छ भन्ने कुराको छायाले प्रमाणित गरेपछि आफन्त, विद्यालय र समुदाय स्तरमा पनि बहस सुरु भएको छ । छाया भने अरुलाई देखाउन नभई आफ्नो सपना पुरा गर्न मिलेको सफलताले खुसी छन् ।

चर्चामा

सम्बन्धित समाचार