आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • सुदूरपश्चिम सरकारको लगानी सम्मेलनमा बडिमालिका केवलकार परियोजनाको प्रारम्भिक सूचीमा समाबेश

सुदूरपश्चिम सरकारको लगानी सम्मेलनमा बडिमालिका केवलकार परियोजनाको प्रारम्भिक सूचीमा समाबेश

  • बिहिबार, माघ ४, २०८०
सुदूरपश्चिम सरकारको लगानी सम्मेलनमा बडिमालिका केवलकार परियोजनाको प्रारम्भिक सूचीमा समाबेश

बाजुरा– सुदूरपश्चिम प्रदेश सरकारको लगानी सम्मेलनका लाग ५६ वटा परियोजनाको सूची तयार भएको छ।   प्रदेश सरकारले फागुन २३ र २४ गते धनगढीमा गर्ने लगानी सम्मेलनका लागि ५६ परियोजनाको सूची तयार पारेको हो। जसमा बडिमालिकामा केवलकार परियोजनाको प्रारम्भिक सूचीमा समाबेश गरिएकाे छ । त्यसै गरि जैतुन प्रशाेधन पलान्ट, बडिमालिका रामाराेशन खप्तड इकाे पर्यटन हाेटल, रैथाने बालीकाे प्रबद्धन तथा प्रसाेधन केन्द्र लगायतका याेजनाहरु  परियोजनाको प्रारम्भिक सूचीमा समाबेश गरिएकाे छ ।

मुख्यमन्त्री कमल बहादुर शाह संयोजक रहेको सम्मेलन मूल आयोजक समितिले लगानीकर्तासहितको निकाय, परामर्शदाता तथा विज्ञसँग छलफल अगाडि बढाएको छ। यस क्रममा समितिले लगानी सम्मेलनमा पेस हुने प्रारम्भिक परियोजनाहरू सूची तयार पारेको हो। सम्मेलन कार्यकारी समितिका सदस्य नृप सुनारका अनुसार प्रदेशभरि सम्भावित परियोजनाहरू पहिचान भइरहेको छ। उनले हालसम्म ५६ वटा परियोजना पहिचान गरी प्रारम्भिक सूची तयार पारेको बताए।

जसमा ऊर्जा, कृषि, पर्यटन, यातायात, सूचना तथा प्रविधि, उद्योग, भौतिक पूर्वाधार, खानीलगायत क्षेत्रका परियोजना र स्थान पहिचान गरिएको छ। उद्योग व्यवसायी, बैङ्किङ क्षेत्रलगायतबाट अझै सम्भावित परियोजना माग गरिएको उनले बताए। प्रदेश सरकारले तयार पारेको सूची प्रारम्भिक भएकाले थपघट हुने उनले बताए।
उनले परियोजनाहरूको लागत, प्रतिफलको अवस्था, लगानीकर्तालाई सरकारबाट प्राप्त हुने सहुलियतलगायत विषयमा छलफल भएपछि ठोस निष्कर्षमा पुगिने जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार