सोमवार, असार १५, २०८३
  • होमपेज
  • समाज
  • १५ लाख रुपैयाँ घुस रकमसहित बनेपा ९ का वडाध्यक्ष अख्तियारको फन्दामा

१५ लाख रुपैयाँ घुस रकमसहित बनेपा ९ का वडाध्यक्ष अख्तियारको फन्दामा

  • बिहिबार, माघ ४, २०८०
सेयर गर्नुहोस् :
१५ लाख रुपैयाँ घुस रकमसहित बनेपा ९ का वडाध्यक्ष अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुस रकमसहित बनेपा नगरपालिकाका वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।आयोगको टोलीले बनेपा ९ का वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई नियन्त्रणमा लिएको हो । घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि उनले घुस लिएको अख्तियारले जनाएको छ ।

उनलाई मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । अख्तियारले वडाध्यक्ष बादेसँगै आएका बा ७ च १२९ नम्बरको कार चालक बाह्रबिसे नगरपालिका–७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई पनि गाडीसहित नियन्त्रणमा लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार