बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा पनि मनाइयो २६ औँ भूकम्प सुरक्षा दिवस

बाजुरामा पनि मनाइयो २६ औँ भूकम्प सुरक्षा दिवस

  • मङ्लबार, माघ २, २०८०
बाजुरामा पनि मनाइयो २६ औँ भूकम्प सुरक्षा दिवस

बाजुरा– हरेक बर्षको माघ २ गते मनाइने भुकम्प सुरक्षा दिवस बाजुरामा पनि विबिध कार्यक्रम गरि मनाइएको छ । “स्थानिय स्रोत र प्रविधिको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔ” भन्ने मूल नाराका साथ २६ औँ भूकम्प सुरक्षा दिवस मनाइएको हो ।
मंगलबार जिल्ला सदरमुकाम मार्तडीको खुलामञ्चमा भुकम्प सम्बन्धी डेमो प्रर्दशन गरि भुकम्प दिवस मनाईएको जिल्ला बिपत ब्यबस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेलले बताए ।

जिल्ला विपद् व्यवस्थापन समिति बाजुराको आयोजना र नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखा सुरक्षित नेपाल परियोजनाको सहकार्यमा भूकम्प सुरक्षा दिवस मनाइएको प्रजिअ पौडेलले बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले भुकम्पबाट बच्ने र बचाउने सम्बन्धी डेमो प्रर्दशन गरेका थिए ।
भूकम्प गएको समयमा कसरी बच्ने कसरी उद्धार गर्ने तथा सुरक्षित स्थान कसरी ब्यबस्थापन गर्ने र राहत तथा उद्धारका कार्यहरुलाई कसरी छिटोछरितो गर्ने भन्ने बिषयमा डेमोमा देखाईएको थियो ।
खुला मञ्च मार्तडीमा आयोजित भुकम्प सम्बन्धी डेमो प्रदर्शन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेल, शुरक्षा निकायका प्रमुखहरु, स्थानिय, जिल्ला स्थित संचारकर्मीहरु, नेपाल रेडक्रस सोसाइटी बाजुराका प्रतिनिधीहरुकाे उपस्थिती रहेको थियो । सामान्य प्रशासन मन्त्राललयबाट संघ, प्रदेश र स्थानिय तहले समेत भुकम्प शुरक्षा दिवस मनाउन पत्राचार गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार