शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • न्यायाधीशकी श्रीमतीद्वारा सर्वोच्च हाताभित्र आत्मदाह प्रयास

न्यायाधीशकी श्रीमतीद्वारा सर्वोच्च हाताभित्र आत्मदाह प्रयास

  • आइतवार, पुस २९, २०८०
न्यायाधीशकी श्रीमतीद्वारा सर्वोच्च हाताभित्र आत्मदाह प्रयास

काठमाडौं– न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरीले सर्वोच्च अदालतको हाताभित्रै आत्मदाहको प्रयास गरेकी छिन् । उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

शरीरमा पेट्रोल खन्याउन लाग्दा प्रहरीले उनलाई रोकेको थियो । हाल उनी प्रहरीको नियन्त्रणमा छिन् ।

पत्नी आरतीले न्यायाधीश गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन् । उनले गिरीलाई थुनामा राख्न माग गर्दै आएकी छिन् ।

आफूमाथि बैबाहिक बलात्कार गरेको, घरेलु हिंसा गरेको र अदालतको अवहेलना गरेको लगायतको आरोप आरतीले लगाउँदै आएकी छन् । आरतीले न्यायाधीश गिरीविरुद्ध महिला आयोगमा समेत उजुरी दिएको तर न्याय नपाएको गुनासो गर्दै आएकी थिइन् ।न्यायाधीश भुवन गिरीमाथि घरेलु हिंसाको आरोप लागेपछि ०७९ फागुनदेखि उनी जिम्मेवारीविहीन छन् । गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गिरीलाई गत चैत २८ गते काठमाडौंबाट पक्राउ गरी कपिलवस्तु लगेको थियो ।

गिरीलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा मुक्त गरेको थियो ।

आरतीले गत असार ८ गते उनले जिल्ला अदालतको हातामै न्यायाधीश गिरीमाथि जुत्ता प्रहार गरेकी थिइन् । वैवाहिक बलात्कार मुद्दाको पेसी बुझ्न आएका भुवनमाथि उनले जुत्ता प्रहार गरेकी थिइन् ।

श्रीमानले श्रीमतीमाथि जबरजस्ती करणी गरेमा ३ देखि ५ वर्षसम्म कैद सजाय हुने कानूनमा व्यवस्था छ ।

चर्चामा

सम्बन्धित समाचार