शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • रुकुम पश्चिमका १ सय २८ परिवारलाई खाद्यान्न र ४५ घर निर्माण साम्रगी सहयोग

रुकुम पश्चिमका १ सय २८ परिवारलाई खाद्यान्न र ४५ घर निर्माण साम्रगी सहयोग

  • बिहिबार, पुस २६, २०८०
रुकुम पश्चिमका १ सय २८ परिवारलाई खाद्यान्न र ४५ घर निर्माण साम्रगी सहयोग

 रुकुम पश्चिम — बडिमालिका फाउण्डेशन मार्फत रुकुम पश्चिमको सानेभेरी गाउँपालिका ४ का १ सय २८ भुकम्प पिडीत परिवारलाई राहत वितरण गरिएको छ । बडिमालिका फाउण्डेशनको सहकार्य तथा नेपाल राईजिङको सहयोगमा भुकम्प पिडीतहरुलाई पहिलो चरणमा राहत बितरण गरिएको हो । त्यसै गरि रुकुम पश्चिम सानोभेरी गाउँपालिका ४ मा ४५ घर परिवारलाई घर निर्माण साम्रगी जस्तापाता सहयोग गरिएको बडिमालिका फाउण्डेशनका अध्यक्ष प्रकाश बहादुर सिंहले बताए ।

No description available.
नेपाल राईजिङको सहयोगमा यस अघि बाजुराको खप्तड छेडेदह गाउँपालिका, बुढिगंगा नगरपालिका बडिमालिका नगरपालिकामा पनि बिभन्न समयमा खाध्यान्न तथा न्यानो कपडा (बलाङ्केट) लगायतको साम्रगी बितरण गरिएको फाउण्डेशनका सचिव लक्ष्मीराज पाध्यायले बताए ।
राहत साम्रगीमा चामल, दाल, तेल, नुन लगायतका साम्रगी बितरण गरिएको सचिव पाध्यायले बताए । स्थानिय तहसग समन्वय गरि राहत सम्रगी बितरण गरिएको हो सचिव पाध्यायले भने ।

No description available.
भुकम्प प्रभाबित क्षेत्र पश्चिम रुकुमका सुत्केरी महिलाहरुलाई अण्डा समेत बितरण गरिएको अध्यक्ष सिहंले बताए । कात्तिक १७ गते राति गएको शक्तिशाली भूकम्पपछि जाजरकोट र रुकुम (पश्चिम) का बजार र ग्रामीण क्षेत्र सुनसान बनेका छन् । भूकम्पबाट १५३ जनाको मृत्यु भएको थियो । रुकुम पश्चिममा भूकम्पले २ हजार १ सय ३६ घर पूण क्षति भएका छन् । २ हजार ६ सय ४२ आंशिक र ४ हजार ६७० सामान्य क्षति भएका छ्न् ।

No description available.
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५७ जनाको मृत्यु भएको थियो । भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठ लगायत भौतिक संरचनामा क्षति पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार