शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराबाट एक गर्भवतीको हेलिकप्टर मार्फत उद्धार

बाजुराबाट एक गर्भवतीको हेलिकप्टर मार्फत उद्धार

  • बुधबार, पुस २५, २०८०
बाजुराबाट एक गर्भवतीको हेलिकप्टर मार्फत उद्धार

बाजुरा– जिल्ला सदरमुकाम मार्तडीबाट एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । बडिमालिका नगरपालिका ६ की  ३१ बर्षकी सिमा बडुवालको उद्धार गरिएको हो । जिल्ला अस्पताल बाजुरामा सुत्केरी गराउन नसक्ने भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत थप उपचारका लागि सुर्खेत लगिएको जिल्ला अस्पताल बाजुराका अस्पताल नर्शिङ निरिक्षक निशा रोकायाले बताएकी छन् ।

गर्भवती महिलाको बच्चाकाे टाउकाे उल्टो फर्किएर पाठेघरमा अट्किएकाेले अपरेशन गर्नुपर्ने भएकोले एनएसथेसिया तालिममा गएका कारण जिल्ला अस्पतालमा उपचार हुन नसकेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
गर्भवती महिलालाई नेपाली सेनाको एन ए०४५ नम्मरको हेलिकप्टर मार्फत उद्धार गरिएको दुर्गाभन्जन गुल्मका गुल्मपती धर्मेन्द्र बहादुर सिंहले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार