सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • क्यान्सर पिडित थापालाई बुढिगंगा नगरपालिकाद्धारा आर्थिक सहयोग

क्यान्सर पिडित थापालाई बुढिगंगा नगरपालिकाद्धारा आर्थिक सहयोग

  • बुधबार, पुस २५, २०८०
क्यान्सर पिडित थापालाई बुढिगंगा नगरपालिकाद्धारा आर्थिक सहयोग

बाजुरा —क्यान्सरबाट पिडित बुढिगंगा नगरपालिका २ ताँप्राका शंकर बहादुर थापालाई उपचारका लागि बुढिगंगा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । ब्लड क्यान्सर पीडित थापा काठमाण्डौको वीर अस्पतालमा उपचाररत छन् । आर्थिक अवस्था कमजोर भएका थापालाई उपचारमा केहि सहयोग पुगोस भन्ने उद्देश्यले नगरपालिकाले एक लाख आर्थिक सहयोग गरेको बुढिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताएका छन ।

उनले भने उपचारमा सहयोग भन्ने उद्देश्यले एक लाख नगरपालिकाबाट सहयोग गरेका छौ भने बुढिगंगा नगरपालिकामा कार्यरत कर्मचारीहरुले पनि एक लाख बराबर ब्यक्तिगत सहयोग गरेको बताए । दुई महिना देखी वीर अस्पतालमा उपचाररत थापाको उपचार सहयोगको लागि उनका आफन्तले फेसबुक ट्वीटर जस्ता सामाजिक संजालमार्फत हारगुहार गरिरहेका छन् ।

शंकरको उपचारमा धेरै आर्थिक लाग्ने भएकाले आर्थिक अवस्था कमजोर परिवारले उपचार गर्न नसक्ने भएकाले सहयोगका लागि अपील गरेका छन् । शंकर थापालाई सहयोग गर्ने मनहरुले उनको बागबजारमा रहेको सानीमा बैंक शाखाको खाता नम्बर ०२३०११०४०००१५१९ मा सहयोग गरिदिन अनुरोध गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार