आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बजार
  • सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

  • मङ्लबार, पुस २४, २०८०
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार मंगलबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार सोमबार छापावाल सुन एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । आज चाँदी तोलाको १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार