सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रदेश १
  • कोशीमा राप्रपाका अम्बरबहादुरले सत्ता गठबन्धनबाट सभामुखमा उम्मेदवारी दिने

कोशीमा राप्रपाका अम्बरबहादुरले सत्ता गठबन्धनबाट सभामुखमा उम्मेदवारी दिने

  • मङ्लबार, पुस २४, २०८०
कोशीमा राप्रपाका अम्बरबहादुरले सत्ता गठबन्धनबाट सभामुखमा उम्मेदवारी दिने

विराटनगर —कोशी प्रदेशको सभामुखका लागि राप्रपाबाट अम्बरबहादुर विष्टले उम्मेदवारी दिने भएका छन् ।

सत्ता गठबन्धले यसअघि नै राप्रपालाई सभामुख दिन सहमत भइसकेकोले राप्रपाले विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राप्रपाको मंगलबार बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

निर्वाचन कार्यतालिका प्रकाशन भएपछि उम्मेदवारी दिने राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए ।

एमालेले पनि सभामुखमा उम्मेदवारी दिनेनदिनेबारे छलफल गरिरहेको छ । सत्ता गठबन्धनले राप्रपाका विष्टलाई उम्मेदवार बनाउने भएपछि एमाले अलमलमा छ ।

एमालेले उम्मेदवारी नदिए सभामुखमा विष्ट निर्विरोध निर्वाचित हुनेछन् । यो पनि सम्भावना छ ।

सभामुखको निर्वाचन दिउँसो ३ बजेका लागि तय भएको छ ।

चर्चामा

सम्बन्धित समाचार