शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • धार्मिक
  • आज २०८० साल पुस २४ गते मंगलबारको राशिफल

आज २०८० साल पुस २४ गते मंगलबारको राशिफल

  • मङ्लबार, पुस २४, २०८०
आज २०८० साल पुस २४ गते मंगलबारको राशिफल

आज २०८० साल पुस २४ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी ९ तारिख। आज नेपाल ज्योतिष परिषद् स्थापना दिवसमेत रहेको छ। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। 

मेष : यात्रा गर्दा तीव्र गति राम्रो हुने छैन। बलले भन्दा बुद्धिले काम गर्नुपर्ने देखिन्छ। हरेक क्षेत्र विवादित रहे पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा सफलता मिल्नेछ।

वृष : दिन राम्रो छ। सम्पत्तिको संरक्षण गर्नुपर्ने देखिन्छ। स्वास्थ्य खराब रहे पनि परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ। शिक्षामा गरेको लगानी फस्ने भएकाले विचार गरेर काम गर्नु राम्रो हुन्छ।

मिथुन : आजको दैनिकी सामान्य छ। मालिकले विश्वास गर्नेछन्। योगदानको कदर हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुने योग रहेको छ।

कर्कट : हरेक क्षेत्र सबल छन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। आर्थिक उन्नति हुने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। तर, तपाईंलाई विपरीत लिंगीबाट गम्भीर आरोप लाग्नसक्छ। व्यवहार गर्दा सचेत हुनुपर्ने छ।

सिंह : दिन सामान्य राम्रो छ। खुट्टा तान्ने मान्छे धेरै छन्। आर्थिक क्षेत्रमा प्रगति हुनेछ। शिक्षा क्षेत्रको लगानीमा फाइदा हुनेछ। परिवारबाटै छलकपट हुनेछ।

कन्या : आजको दैनिकी राम्रो छ। कामको प्रशंसा हुनेछ। गुरुबाट असहयोग हुने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर हुने भएकाले दिन उल्लासमय हुनेछ।

तुला : दिन राम्रो छ। नयाँ ठाउँको यात्रा हुनेछ। नयाँ मान्छेसँगको संगतले मन खुशी हुनेछ। पठनपाठनमा मन जाने छैन। परिवारमा खुशी मिल्नेछ। प्रेम सम्बन्धले मनमा खुशी दिनेछ।

वृश्चिक : इष्ट मित्रबाट असहयोग हुनेछ। आफन्तले आरोप लगाउने छन्। परिवारबाट सहयोग प्राप्त हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

धनु : आजको दिन राम्रो छ। शिक्षा र स्वास्थ्य क्षेत्र सबल छ। आर्थिक समस्या हुनेछ। कारोबार गर्दा विवेक प्रयोग गर्नुपर्छ। आम्दानी भन्दा खर्च बढी हुने भएकाले परिवारबाट असहयोग हुने देखिन्छ।

मकर : आम्दानी राम्रो हुनेछ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। परिवारको साथ मिल्नेछ। धन आर्जनको समय भएकाले यसलाई राम्रो दिन मान्नुपर्छ।

कुम्भ : शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा विवाद हुनसक्छ। आर्थिक पक्ष सबल छ। पुरानो लगानी असुल हुने योग रहेको छ। पारिवारको साथ र सहयोग मिल्नेछ।

मीन : दिन राम्रो छ। समयलाई सदुपयोग गर्नुपर्ने देखिन्छ। नसोचेको नतिजा प्राप्त हुन्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारमा नयाँ सदस्य थपिएको समाचार सुन्ने योग छ।

चर्चामा

सम्बन्धित समाचार