बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बिध्यार्थि नेता अयडीकाे हत्यामा संलग्न आरोपी छुटेको बिरोधमा एमाले निकट संगठनको बिराेध प्रदर्शन

बिध्यार्थि नेता अयडीकाे हत्यामा संलग्न आरोपी छुटेको बिरोधमा एमाले निकट संगठनको बिराेध प्रदर्शन

  • शुक्रबार, पुस २०, २०८०
बिध्यार्थि नेता अयडीकाे हत्यामा संलग्न आरोपी छुटेको बिरोधमा एमाले निकट संगठनको बिराेध प्रदर्शन

बाजुरा– अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको हत्या अभियोगमा पक्राउ परेर पुर्पक्षमा रहेकालाई सर्बच्व अदालतबाट साधारण तारेखमा छुटाएको भन्दै नेकपा एमाले निकट अनेरास्वबियू र युवासघंले बिरोध जुलुश निकालेको छ । चेतन अएडीको न्यायका लागि भन्दै सदरमुकाम मार्तडीमा बजार परिक्रमा सहित लोकतान्त्रीक चोकमा आरोपितहरुको पुतला जलाएर बिरोध गरिएको अनेरास्ववियु बाजुराले जनाएको छ ।

उच्च अदालत दिपायलले समेत सदर गरेको पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश बदर गर्दै बिहीवार सर्वोच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको भन्दै अनेरास्ववियु र युवासंघले बिरोध जुलुश निकालेका हुन ।

सर्वोच्च अदालतको आदेशपछि पुर्पक्षमा कारागारमा रहेका त्रिवेणी नगरपालिका-७ का वडाध्यक्ष जुद्धबहादुर अयडीसहितका ६ जना शुक्रवार छुटेका छन । बाजुरा कारागारमा रहेका चक्रबहादुर अयडी, बिनोदबहादुर अयडी, भूपाल अयडी, रनसिंह अयडी र अछाम कारागारमा रहेकी रुपा चौधरी अयडीलाई साधारण तारेखमा छुटाउन सर्बच्व अदालतको आदेश पछि शुक्रबार आरोपितहरु छुटेका हुन्। जिल्ला अदालत बाजुराले उनीहरुलाई २०७९ पुस ५ मा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो।

आरोपितहरुले जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत दिपायलमा पुनरावेदन गरेको भएपनि गत २५ साउनमा उच्च अदालतले जिल्लाकै आदेश सदर गरेको थियो। तर सर्वोच्च अदालतका न्यायाधिशद्धय प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बिहीवार उच्च अदालतले समेत सदर गरेको आदेश बदर गर्दै पुर्पक्षमा कारागारमा रहेकाहरुलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्नू भन्ने आदेश गरेको हो।

२०७९ मंसिर ४ मा भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका क्रममा त्रिवेणी नगरपालिका-७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादलाई लिएर अयडीमाथि कुटपिट गर्दा उनको मृत्यु भएको थियो।

चर्चामा

सम्बन्धित समाचार