शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • जयपृथ्वी नगरपालिकाको डोजर दुर्घटना, चालककाे मृत्युु

जयपृथ्वी नगरपालिकाको डोजर दुर्घटना, चालककाे मृत्युु

  • मङ्लबार, पुस १७, २०८०
जयपृथ्वी नगरपालिकाको डोजर दुर्घटना, चालककाे मृत्युु

बझाङ — जयपृथ्वी नगरपालिकाकाे डोजर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । सोमबार राती ९: ३० बजे जयपृथ्वी नगरपालिका- ९ सिमखेतस्थित पुरानो बसपार्क नजिक सु.प.प्र. २४५३ नम्बरको डोजर दुर्घटना भएको हो ।

दुर्घटनामा बित्थडचौर गाउँपालिका–६ घर भएका ३० वर्षीय चालक प्रकाश कठायतको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

डोजर बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा सडकबाट २० मिटर तल खसेको र चालक सिटमुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । अहिले मृतक कठायतको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बझाङ प्रहरी प्रवक्ता दिपेश चाैधरीले बताए ।

चर्चामा

सम्बन्धित समाचार