बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय सभा सदस्यको भागबन्डा गर्न कांग्रेस-माओवादी छलफलमा

राष्ट्रिय सभा सदस्यको भागबन्डा गर्न कांग्रेस-माओवादी छलफलमा

  • मङ्लबार, पुस १७, २०८०
राष्ट्रिय सभा सदस्यको भागबन्डा गर्न कांग्रेस-माओवादी छलफलमा

काठमाडौं  —राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादीले छलफल थालेका छन् ।

छलफलका लागि कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा पुगेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

राष्ट्रिय सभा सदस्यको चुनाव माघ ११ गते हुँदैछ । चुनावको मिति नजिकिएसँग सत्ता साझेदार दलहरुले भागबन्डाका लागि कसरत गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार