बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिकामा एक घरमा आगलागी

त्रिबेणी नगरपालिकामा एक घरमा आगलागी

  • मङ्लबार, पुस १०, २०८०
त्रिबेणी नगरपालिकामा  एक घरमा आगलागी
तस्विर : जनक बहादुर बुढा

बाजुरा– त्रिबेणी नगरपालिका ५ काे किम्नीमा एक घरमा आगलागी भएकाे छ । नगरपालिकाकाे वडा न‌ः ५ किम्निका देउराम बुढाकाे घरमा विद्युत लाईन सट भएर घरमा आगलागी भएकाे हाे । आज विहान खाना पकाउने क्रममा एक्कासी विद्युत लाईन सट भएर घरमा आगलागी भएकाे स्थानिय जनक बहादुर बुढाले बताए । आगलागीपछि स्थानियले आगाे नियन्त्रणमा लिइसकेकाे स्थानियले जनक बहादुर बुढाले बताएका छन  ।

उनकाे घरमा आगलागी हुदाँ घर पुर्ण क्षती भएकाे छ भने घरमा रहेका लुगा कपडा, भाडाकुडाँ, अन्नपात लगायत सबै जलेर नष्ट भएकाे स्थानियहरुले बताएका  छन । आगलागीमा मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । घरमा आगलागी हुँदा उनकाे ८ जनाकाे परिवार बिस्तापित भएकाे छ । अहिले इलाका प्रहरी कार्यालयबाट प्रहरीकाे टाेलि गएरकाे र आगलागीकाे क्षतिकाे विवरण आउँन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार