सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा मिलको सापटमा चुन्नी बेरिएर एक बालिकाको मृत्यु

बाजुरामा मिलको सापटमा चुन्नी बेरिएर एक बालिकाको मृत्यु

  • सोमवार, पुस ९, २०८०
बाजुरामा मिलको सापटमा चुन्नी बेरिएर एक बालिकाको मृत्यु

बाजुरा —बाजुरामा मिलको सापटमा चुन्नी बेरिएर एक बालिकाको मृत्यु भएको छ। बुढिगंगा नगरपालिका-८ देउलिसैनका लोकेन्द्र रावलको ५ वर्षीया छोरी आचल रावलको आइतवार साँझ मृत्यु भएको हो।

सोही ठाँउ स्थित भरत नेपालीले सञ्चालन गरेको मिलको पछाडीको खेल्ने क्रममा बालिकाकाे चुन्नी सापटमा बेरीई टाउकोमा चोट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घटनाकाे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार