बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • खप्तड छेडेदहमा बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको अनुगमन

खप्तड छेडेदहमा बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको अनुगमन

  • बुधबार, पुस ४, २०८०
खप्तड छेडेदहमा बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको अनुगमन

बाजुरा —बाजुराको खप्तड छेडेदह गाउँपालिकाका बिद्यालयमा बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको अनुगमन गरिएको छ । मंगलबार गाउँपालिकाको वडा नंः ५ मा रहेको शैलेश्वरी आधारभुत विद्यालयमा विश्व खाद्य कार्यक्रमको सहकार्य तथा एकिकृत विकास समाज नेपाल आइ.डि.एस. को सहयोगमा संचालित विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको संयुक्त अनुगमन गरिएको हो ।

आइ.डि.एस.का प्रतिनिधि गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवालाहरुको सहभागितामा सो कार्यक्रमको संयुक्त अनुगमन गरिएको आइ.डि.एस.नेपाल खप्तड छेडेदह गाउँपालिका सुपरभाइजर रुपा खड्काले बताएकी छन । उक्त विद्यालयमा दिवा खाजामा आर्गनिक तरकारी नियमित छ छैन ।

त्यस्तै बिद्यालयमा आजा खाएको अभिलेख चुस्त रुपमा राखेको हुनुपर्ने, विद्यालयको प्रारम्भिक स्वास्थ्य जाचँ अभिलेख, सम्पूर्ण विद्यार्थीलाई बर्षको दुई पटक जुकाको औषधी खुवाएको अभिलेख लगायत बिषयमा अनुगमन गरिएको आइ.डि.एस.नेपाल गाउँपालिका सुपरभाइजर खड्काले बताइन् ।

त्यस्तै विद्यालयमा प्रयाप्त शौचालय छात्र र छात्रा बालमैत्रि धारा फोहोर विसर्जन खाडल भएको हुनुपर्ने र शौचालयमा प्याड विसर्जन इन्सिनेरेटर र महिनावारी स्वच्छता लागि प्याडको व्यवस्था भएको हुनुपर्ने जस्ता मुख्य विषयकाे अनुगमन गरेकाे छ।त्यस्तै कक्षा कोठा व्यवस्थापन कार्पेट कुसन, बालमैत्री फर्निचर र सामाग्री भएको हुनुपर्ने, शैक्षिक व्यवस्थापन कमजोर विद्यार्थीलाई अगाडी राखेको हुनुपर्ने र तरकारी बिधालयमा ल्याएको अभिलेख राखेको लगायत बिषयमा बिद्यालयमै  गएर अनुगमन गरेकाे आइ.डि.एस. नेपाल बाजुरा संयोजक प्रेम प्रसाद खनालले बताए ।

आइ.डि.एस. नेपाल  बाजुराले अहिले  शैलेश्वरी आविमा मात्र नभएर पालिकाका अन्य बिद्यालयमा अनुगमन कार्यलाइ निरन्तर दिएको छ। बिद्यालयमा दिवा खाजा मात्र नभएर शैक्षिक गुणस्तर संगै कक्षाकोठाकाे अवस्था र अतिरिक्त क्रियाकलापमा यस्ता कार्यले महत्वपुर्ण सहयाेग पुग्ने गाउँपालिका उपाध्यक्ष बिशु नाथले बताइन् ।

त्यसै गरि आइ.डि.एस. नेपालले शैलेश्वरी आविमा अनुमगन गरेपछि गाउँपालिकामा गरिरहेका कामहरुकाे बार्षिक समिक्षा समेत गरेकाे छ । पालिकाका विभिन्न बिद्यालयमा गरिरहेका कार्य मुख्य उपलब्धि तथा भावि याेजना लगायतका विषयकाे  गाउँपालिकामा बार्षिक समिक्षा गरिएकाे पालिका सुपरभाइजर रुपा खड्काले बताइन् ।

खप्तड छडेदह गाउँपालिका उपाध्यक्ष बिशु नाथकाे अध्यक्षतामा सञ्चालन भएकाे बार्षिक समिक्षा कार्यक्रममा पालिकाका विभिन्न शाखा प्रमुख, आइ.डि.एस. नेपाल बाजुरा संयोजक प्रेम प्रसाद खनाल, गाउँपालिका सुपरभाइजर रुपा खड्का, वडा अध्यक्ष ,शिक्षक तथा सराेकारवालाहरुकाे सहभागिता रहेकाे थियाे ।

No description available.

 

चर्चामा

सम्बन्धित समाचार