शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • कैलाली र कञ्चनपुरबाट दुई लाख बढीका सामान बरामद

कैलाली र कञ्चनपुरबाट दुई लाख बढीका सामान बरामद

  • बुधबार, पुस ४, २०८०
कैलाली र कञ्चनपुरबाट दुई लाख बढीका सामान बरामद

कैलाली— कैलाली र कञ्चनपुरबाट दुई लाख बढीका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ ट्राफिकचोकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २८ हजार ३ सय ४० मूल्य बराबरको सामान बरामद गरिएका हो। चिनी, मिठाई, नरिवल, प्याज, सलाई लगायतका सामान मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट १ लाख ८३ हजार ७ सय ६० मूल्य बराबरको भन्सार छलिका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उक्त मूल्य बराबरको कपडा, जुता, चप्पल, लेडिज ब्याग लगायतका सामान मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। उक्त सामान आवश्यक कारबाहीका लागि प्रहरीले भन्सार कार्यालय गड्डाचौकी पठाईएको जानकारी दिएको छ।

चर्चामा

सम्बन्धित समाचार