शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले सुदूरपश्चिमका ९ जना सांसदले गरे भूकम्प पीडितलाई आर्थिक सहयोग

एमाले सुदूरपश्चिमका ९ जना सांसदले गरे भूकम्प पीडितलाई आर्थिक सहयोग

  • मङ्लबार, पुस ३, २०८०
एमाले सुदूरपश्चिमका ९ जना सांसदले गरे भूकम्प पीडितलाई आर्थिक सहयोग

कैलाली— नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले जाजरकोटमा गएको भूकम्पबाट क्षति पुगेका परिवारहरूको लागि आर्थिक सहयोग गरेको छ।

सोमवार (आज) संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भूकम्प प्रभावितहरूको लागि १ लाख ३५ रुपैँया सहयोग गरिएको बताए। यहाँका ९ जना सांसद र उनीहरूका स्वकीय सचिवबाट रकम संकलित गरेर सोमवार जिल्ला प्रशासन कार्यालयमार्फत भूकम्प प्रभावितलाई पठाइएको हो।

एमाले संसदीय दलका नेता रावलले प्रदेशसभाका सदस्यबाट १० हजार र स्वकीय सचिवबाट पाँच हजारका दरले रकम संकलन गरेर पीडितलाई हस्तान्तरण गरिएको जानकारी दिए। कार्तिक १७ गते शुक्रवार जाजरकोट बारेकोट स्थित रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।

चर्चामा

सम्बन्धित समाचार