शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • राजनीति
  • शेखरले भने : प्रधानमन्त्रीज्यू तपाईंको रिपोर्ट कार्ड चाहियो

शेखरले भने : प्रधानमन्त्रीज्यू तपाईंको रिपोर्ट कार्ड चाहियो

  • सोमवार, पुस २, २०८०
शेखरले भने : प्रधानमन्त्रीज्यू तपाईंको रिपोर्ट कार्ड चाहियो

काठमाडौं —नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को रिपोर्ट कार्डको माग गरेका छन् ।

नेता कोइरालाले पुस ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले काठमाडौं नछोड्न मन्त्रीहरुलाई भनेको आफूले सुनेको बताए ।

‘म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु’, नेपाली कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनमा कोइरालाले भने, ‘हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो । प्रधानमन्त्रीज्यू, तपाईंको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ ।’

संसदीय व्यवस्थामा मन्त्रीले गरेको जस/अपजसको भागिदार पनि प्रधानमन्त्री हुने नेता कोइरालाले बताए ।

चर्चामा

सम्बन्धित समाचार