शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • राजनीति
  • देउवाको गुनासो- पार्टीभित्र घात, अन्तर्घात गर्नेलाई कारबाही गरौं भन्दा पाइँदैन भन्छन्

देउवाको गुनासो- पार्टीभित्र घात, अन्तर्घात गर्नेलाई कारबाही गरौं भन्दा पाइँदैन भन्छन्

  • सोमवार, पुस २, २०८०
देउवाको गुनासो- पार्टीभित्र घात, अन्तर्घात गर्नेलाई कारबाही गरौं भन्दा पाइँदैन भन्छन्

काठमाडौं —नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानअनुसार अहिलेको निर्वाचन प्रणालीबाट कुनै पार्टीको पनि बहुमत नआउने बताएका छन् ।

कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले एकल बहुमत आउन धेरै गाह्रो भएकाले कसै न कसैसँग मिल्नुपर्ने बाध्यता भएको बताए ।

सभापति देउवाले भने, ‘हाम्रो पार्टी गएको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको थियो । तर, हामीले बहुमत पुर्‍याउन सकेनौं । त्यसैले हामीले कसै न कसैसँग मिल्नुपर्छ । तपाईंहरूलाई थाहा छ, हाम्रो पार्टीमा घात, अन्तर्घात पनि छ । खुट्टा तानातान पनि हाम्रो पार्टीमा भइरहेकै हो, अहिले होइन पहिलेदेखि नै । त्यसैले हाम्रो पार्टीलाई पनि सुर्धानुछ। घात, अन्तर्घात गर्नेलाई कारबाही गरौं भन्दा फेरि कारबाही गर्न पाइँदैन भन्छन् । के गर्ने ?’

उनले अहिलेको अवस्थामा कांग्रेसलाई सबै मिलेर एक गराएर हिँड्नुपर्ने बताए ।

देउवाले आगामी निर्वाचनमा एकल बहुमत नभए फेरि ठूलो पार्टी बनाउने प्रयासका साथ अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

चर्चामा

सम्बन्धित समाचार