बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकाका जनप्रतिनिधिलाई खेलकुद समिति अध्यक्ष थापाको प्रश्न- मार्तडीमा खेलमैदान कहिले बन्छ ?

बडिमालिकाका जनप्रतिनिधिलाई खेलकुद समिति अध्यक्ष थापाको प्रश्न- मार्तडीमा खेलमैदान कहिले बन्छ ?

  • आइतवार, पुस १, २०८०
बडिमालिकाका जनप्रतिनिधिलाई खेलकुद समिति अध्यक्ष थापाको प्रश्न- मार्तडीमा खेलमैदान कहिले बन्छ ?

बाजुरा– बाजुरा जिल्ला खेलकुद समिति बाजुराका अध्यक्ष राकेश थापाले जनप्रतिनिधिले सधैं खेल क्षेत्रमा लगानी नै नगरेकाेले खेलकुदमा जित र उपलब्धिको आस गर्ने गरेको बताएका छन ।
बडिमालिका नगरपनलिकाको चौथो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन कार्यक्रममा बोल्दै थापाले भने खेलकुदमा जित्ने आसले मात्रै खेल क्षेत्रको विकास नहुने भएकाले योजनाका साथ खेलमा लाग्याे भने खेल क्षेत्रको विकास हुने बताए ।
खेलक्षेत्रकाे प्रसंगमा बोल्दै अध्यक्ष थापाले भने सुदूरपश्चिम प्रदेशका तत्कालीन अर्थमन्त्री प्रकाश शाहको पालामा बडिमालिका नगरपालिकामा राष्ट्रिय मापदण्डको खेलमैदान निर्माणका लागि २ करोड रकम आए पनि नगरपालिकाले अहिलेसम्म जग्गा समेत उपलब्ध गर्न नसकेको बताए ।
खेलकुद समिति अध्यक्ष थापाले बडिमालिका नगर प्रमुखलाई प्रश्न गर्दै भने मार्तडीमा खेलमैदान कँहा बन्यो ? अब कहिले बन्छ? तत्कालीन प्रदेश अर्थमन्त्री शाहको पालामा आएको रकम कहा गयो? अहिलेसम्म खेलमैदान किन बन्न सकेन भन्दै प्रश्न गरे ।
त्यस्तै बडिमालिका ८ का अध्यक्ष चन्द्र थापाले कोल्टीमा हुने जिल्ला स्तरिय रनिङ शिल्डमा जसरी भएपनि बडिमालिकाले जित्नै पर्ने भन्दै दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै अध्यक्ष थापाले भने तपाइहरुले अहिलेसम्म खेल क्षेत्रमा कति लागानी गर्नु भयो? अनि खेलकुद क्षेत्रमा लगानी नगर्ने बढि जितको अपेक्षा गर्न भन्दै यस्तो प्रवृतिको अन्त्य गरि लगानीमा जोड दिनुपर्ने उनले बताए ।
खेलाडी र पालिकाका लागि जिल्ला खेलकुद विकास समिति समान भएकाले खेल क्षेत्रको विकासका लागि सबैले एकजुट हुनुपर्नेमा अध्यक्ष थापाले बताए ।
त्यस्तै अहिलेका सांसद तथा जनप्रतिनिधिले खेल क्षेत्रको विकास गर्नका लागि लगानी गर्न नसक्ने भए मञ्चमा बस्न लायक पनि नहुने अध्यक्ष थापाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार