शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका दुई पालिका र एक जिल्लाको ‘कमाण्ड’ समाल्दै महिला

सुदूरपश्चिमका दुई पालिका र एक जिल्लाको ‘कमाण्ड’ समाल्दै महिला

  • शनिबार, मंसिर ३०, २०८०
सुदूरपश्चिमका दुई पालिका र एक जिल्लाको ‘कमाण्ड’ समाल्दै महिला

धनगढी— सुदूरपश्चिममा दुई पालिका र एक जिल्लाको कमाण्ड महिलाहरुले समालेका छन्।

बझाङ र बैतडीका दुई पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा महिलाले जिम्मेवारी समालेका छन भने दार्चुला जिल्लाको कमाण्ड पनि महिलाको काँधमा छ।

सुदूरपश्चिमका कुल ८८ स्थानीय तहमध्ये दुई तहमा महिला प्रमुख प्रशासकीय अधिकृत छन्। पुरुषको तुलनामा यो निकै कम उपस्थिति भए पनि नेतृत्वका लागि महिला सक्षम छन् भन्ने सन्देश दिएको छ।

स्थानीय नागरिकले महिला प्रमुख प्रशासकीयलाई प्रेरणाको रूपमा लिँदा कतिपय जनप्रतिनिधि भने हेपाहा दृष्टिले हेर्छन्। अधिकांश स्थानीय तहका प्रमुख पुरुष छन्। उनीहरू स्थानीय सरकारका प्रमुख हुन् भने प्रमुख प्रशासकीय अधिकृत मुख्य सचिवजस्तै हुन्। अहिले बझाङको वित्थरचिर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कुमारी गोमती बोगटी र मेलौली नगरपालिका बैतडीको प्रमुख प्रशासकीय अधिकृतमा सपना कार्की छन्।

जनप्रतिनिधिलाई प्रमुख प्रशासकीय छान्न दिने कार्यलाई निरुत्साहित गर्न सके स्थानीय तहमा प्रमुख प्रशासकीय महिलाको संख्यामा वृद्धि गर्न सकिने सरोकारवालाहरू बताउँछन्। महिलालाई स्थानीय तहमा पठाउनका लागि खासै पहल छैन। स्थानीय तहमा जान चाहनेका लागि केही समयअघि मन्त्रालयले सूचना निकालेको थियो।

त्योबाहेक महिलासँग तालिम, समन्वय केही नगरिएको उनीहरुको गुनासो छ। महिलाकै कमान्डमा दार्चुला जिल्ला छ। अहिले दार्चुलामा किरण जोशी सिडिओ छन्। यसअघि उनले सिडिओ भएर डोटीमा काम गरिसकेकी छन्।

चर्चामा

सम्बन्धित समाचार