बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका भुकम्प प्रभावित परिवारका लागि आएको १४ मध्ये ८ करोड रकम फिर्ता

बाजुराका भुकम्प प्रभावित परिवारका लागि आएको १४ मध्ये ८ करोड रकम फिर्ता

  • बिहिबार, मंसिर २८, २०८०
बाजुराका भुकम्प प्रभावित परिवारका लागि आएको १४ मध्ये ८ करोड रकम फिर्ता

बाजुरा— बाजुराका भुकम्प प्रभावित परिवारहरुका लागि पहिलो किस्ता वाफत निकासा भएको १४ करोड मध्ये ८ कराेड रकम फिर्ता भएकाे छ । जिल्लामा भुकम्प प्रभावितका लागि आएकाे पहिलाे किस्ताकाे  १४ करोड मध्ये १० करोड रकम फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेपछि ८ कराेड रकम फिर्ता गरेकाे जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ ।

प्राधिकरणले  साेमबार जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्राचार गर्दै १४ मध्ये १० करोड रकम विपद् व्यवस्थापन कोषमा फिर्ता गर्न अनुरोध गरेको  थियाे । तर जिल्लामा भुकम्प प्रभावितका लागि पहिलाे किस्ताका लागि पनि केहि कम परेकाे भन्दै १४ करोड मध्ये ८ कराेड रकम मात्रै विपद् व्यवस्थापन काेषमा फिर्ता गरेकाे जिल्ला विपद् व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बडिमालिका खबरलाई बताएका छन् ।

प्राधिकरणले असाेज १६ मा गएकाे भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा धेरै क्षति भएकाेले  त्यस क्षेत्रमा भुकम्प प्रभावितका लागि तत्काल थप रकम निकाशा दिनु पर्ने भएकोले १० कराेड रकम फिर्ता गर्न प्राधिकरणले पत्राचार गरेकाे प्रमुख जिल्ला अधिकारी पाैडेलले बताए ।

प्राधिकरणले बाजुराका भूकम्प प्रभावित लाभग्राहीहरुको अस्थायी आवास निर्माणका लागि गत मंसिर ४ गते पहिलो किस्ता वाफत १४ करोड रकम जिल्ला प्रशासन कार्यालय बाजुरामा पठाएको थियो ।

बाजुरामा भुकम्प प्रभावितका लागि निकासा भएको १४ करोड मध्ये हिमाली गाउँपलिका र बुढीगंगा नगरपालिका बाहेक ७ वटा स्थानीय तहका १५ सय ९ जनाका लागि ३ करोड ७७ लाख २५ हजार रकम सम्वन्धित स्थानीय तहमा पठाईसकेको प्रमुख जिल्ला अधिकारी पौडेले बताए ।

खप्तड छेडेदह गाउँपािलकामा ९ सय ६६, त्रिवेणी नगरपालिकामा  १ सय १३, गौमुल गाउँपालिकामा ५५, बुढीनन्दा नगरपालिकामा ६५, स्वामीकार्तिक खापर गाउँपालिकामा ९, जगन्नाथ गाउँपालिका मा ७४ र बडीमालिका नगरपालिकामामा २ सय २७ जना गरी जम्मा १५ सय ९ जनालाई जनही २५ हजारका दरले सम्वन्धित स्थानीय तहको खातामा पठाईएको प्रशासनले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन  प्राधिकरणले असोज १६ गते बझाङ जिल्लालाई केन्द्र विन्दु बनाएर गएको भुकम्पबाट प्रभावित बनेका परिवारहरुका लागि पहिलो किस्ता वाफत सो रकम पठाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार