बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • बझाङका एम्बुलेन्स चालक चरेससहित धनगढीमा पक्राउ

बझाङका एम्बुलेन्स चालक चरेससहित धनगढीमा पक्राउ

  • सोमवार, मंसिर २५, २०८०
बझाङका एम्बुलेन्स चालक चरेससहित धनगढीमा पक्राउ

धनगढी— बिरामी बोक्ने एम्बुलेन्सका चालक धनगढीमा चरेससहित पक्राउ परेका छन्। बझाङको रायल स्वास्थ्य केन्द्रको एम्बुलेन्सका चालक चरेससहित पक्राउ परेका हुन्।

धनगढीको बोराडाँडीमा एम्बुलेन्सका चालक चरेससहित पक्राउ परेका हुन्। बझाङबाट बिरामी लिएर आएका एम्बुलेन्स चालक धनगढीमा चरेससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

सुदूरपश्चिम प्रदेश ००१ झ ०५४२ नम्बरको एम्बुलेन्सका चालक चरेससहित पक्राउ परेको प्रहरीले जानकारी गराएको हो। बझाङबाट बिरामी ल्याएर धनगढी आएका एम्बुलेन्स चालक केदारस्यु गाउँपालिका–३ का ३७ वर्षीय रामबहादुर खातीबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार