• होमपेज
  • बडिमालिका बिशेष
  • मानव अधिकार पुरस्कार २०८० बाट बाजुराका पत्रकार सिंह सम्मानीत

मानव अधिकार पुरस्कार २०८० बाट बाजुराका पत्रकार सिंह सम्मानीत

  • आइतवार, मंसिर २४, २०८०
सेयर गर्नुहोस् :
मानव अधिकार पुरस्कार २०८० बाट बाजुराका पत्रकार  सिंह सम्मानीत

बाजुरा– “मानव अधिकार पुरस्कार २०८०” बाट बडिमालिका खवरका सम्पादक  समाजसेवी प्रकाश सिंह राष्ट्रिय मानव अधिकार आयोग बाट सम्मानीत भएका छन् । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सिंहलाइ प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले सम्मान पत्र हस्तान्तरण गदै सम्मानित गरेका छन् ।
पत्रकारिता र सामाजिक कार्यको माध्यमबाट मानवअधिकार संरक्षणको योगदान पुयाएको भन्दै मानव अधिकार पुरस्कार बाट नगद ५० हजार सहित सम्मान गरेको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले वताएका छन् । सिंहले शुदुरपश्चिम र कर्णाली प्रदेशका दुर्गम गाउँमा पुगेर मानवअधिकार पक्षमा वकालत पैरवी गरेको भन्दै सम्मान गरेकाे उनले वताए ।
सिहं बाजुरा बाट बिगत एक दशक बढी समय देखी पत्रकारिता तथा समाज सेवमा काम गरिरहेका छन् । सिंह बडिमालिका खवरका सम्पादक, पत्रकार महासंघ बाजुरा शाखाको निर्वतमान अध्यक्ष समेत हुन् । सिंहले बाजुरा जस्तो बिकट क्षेत्रमा रहेर पछाडी परेका वर्गका बारेमा वकालत तथा पैरवी गरेको भन्दै सम्मान गरेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएकाे छ ।
सिंह बाजुरामा एक दशक बढी समय देखि पत्रकारिता पेशा सँग समाज सेवमा आबद्ध रहेको छन् । पत्रकारीता मात्र नभई बाजुराका दिन दुःखीको मानव सेवामा समर्पित छन् । उनले पत्रकारीता सँगै बेसाहारा शाहाराबिहिन १ सय बढी वालवालिकाको उद्धार गरिसकेका छन् । त्यति मात्र नभई उनले उपचार नपाएर अलपत्र रहेका एक सय भन्दा बढिलाई आर्थिक संकलन गरि नयाँ जिवन दिनमा समेत सहयोग गरेका छन् । प्रकाशले पत्रकारिता पेशासंगै मानव सेवाको माध्यामवाट आफ्नो क्यारियर पनि उत्तिकै चौडा वनाएको स्थानियले वताएका छन् ।
स्वास्थ्यकर्मीको पृष्ठभुमि बोकेका प्रकाश यतिवेला समाचार अनि सामाजिक अभियान मार्फत बाजुराका दर्जनौ मानिसलाई लाखैं रुपैंया बराबरको सहयोग गरेका छन् । गरिव, अशाह्य र अशक्त भएकै कारण स्कुल छोडेका वालवालिकाको उद्धार पनि उत्तिकै गरेका छन् । समाजमा कतिपय मानिस आफु वांच्न हरेक तिक्डम गर्छन् तर, प्रकाश भने बैठकमा उपस्थित भए बाफत पाउने भत्ता पनि असाह्य महिलालाई सहयोग गर्दै आएको पत्रकार महासंघ बाजुरा शाखाका संस्थापक अध्यक्ष दयाराम पण्डितले वताए ।
बिगत एक दशक देखी पत्रकारिता र मानवअधिकारका क्षेत्रमा काम गर्दै आएका प्रकश दुर्गम गाँउ बस्तिमा पुगेर मानवअधिकारको वकालत र पैरवी गर्दै आएका छन् । पछिल्लो समयमा दुखी विरामी पत्ता पलागाउनु र सामाजिक सञ्जाल मार्फत सहयोग अभियान चलाउनु संकलित रकमबाट मानव सेवामा लगानी गर्नु उनको दैनीकी बनेको छ ।

त्यस्तै स्व. दयाराम परियार स्मृति सम्मानबाट सर्लाहीकी भवानी कुमारी कोइराला सम्मानीत भएकि छन् । जेष्ठ नागरिकको मानवअधिकारको क्षेत्रमा काम गरेको भन्दै उनलाइ सम्मान गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार